arrow

जनसम्पर्क समिति जापान भन्छ : सरकार अधिनायकवादी भयो

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
NJS-japan.jpg

काठमाडौं। जनसम्पर्क समिति जापानले वर्तमान सरकारले शिक्षा, स्वास्थ्यजस्ता नागरिकका आधारभूत आवश्यकताको परिपूर्ती गरी देशमा सुशासनको स्थापना गर्नुको सट्टा यस्ता विषयमा व्यापारीकरण गरेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मुलुकको शिक्षा र स्वाथ्यका क्षेत्रमा व्याप्त बिकृति र विसंगति हटाउन डा. गोविन्द केसीले गरेको अनशनप्रति सरकारले गरेको बेवास्ता अधिनायकवादको एक नमूना हो भन्दै गोविन्द केसीको अनशनप्रति सो समितिले ऐक्यवद्धता व्यक्त गरेको छ। 

जनताले शान्तिपूर्ण रुपमा आफ्नो विचारहरु राख्न पाउने आफ्नो अधिकारप्रति पनि सरकारले धावा बोलेको र शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा हस्तक्षेप गरी नागरिकका टाउकामा लाठी वर्षाउने काम गरेकोले यो सरकार अधिनायकवादको एक नमूना नै बनेको उक्त समितिको भनाई छ।

चिकित्सा विषय पढ्न बंगलादेश पुगेका नेपाली विद्यार्थीप्रति आपत्तिजनक भनाई राख्ने कानुनमन्त्रीले राजिनामा दिएको भए पनि झनै आपत्तिजनक कुरा गर्दै आएको चिकित्सा शिक्षाका ब्यापारी दुर्गा प्रसाईंमाथि महिला हिंसाको कानुन बमोजिम जतिसक्दो चाँडै सख्त कारबाही गर्न पनि उक्त समितिले माग गरेको छ।

उक्त समितिका सभापति लालबहादुर केसी (रोशन) द्धारा जारी विज्ञप्तिमा यो सरकारले जनविरोधी काममात्र गरेको, नागरिकको पक्षमा कुनै पनि काम नगरेको, यातायात क्षेत्रमा सिन्डीकेट हटाउने भनी हल्ला गरेपनि कायमै राखेको र देशको भन्दै सरकारलाई जनताको पक्षमा काम गर्न र निर्वाचन अघि भनिएजस्तै समृद्ध नेपालक निर्माणको अभियान थाल्न पनि आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ