arrow

भारतले प्रधानमन्त्री ओलीलाई औपचारीक रुपमै बोलायो; फागुन ७गते जाने

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
kp ili.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन्। भारत सरकारले बिहिवार प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ। भारतको विदेश मन्त्रालयले बिहिवार मात्रै भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो। मन्त्रिपरिषद्को बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए। 
 
भारत सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण जाने उनले बताए। त्यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ। सरकारले दुई चिकित्सकलाई मन्त्रिपरिषद्का चिकित्सकका रुपमा नियुक्त गरेको छ। प्रवक्ता राईका अनुसार डा दिव्यासिंह शर्मा र डा दिलीप शर्मालाई उक्त पदमा नियुक्त गरिएको हो। 
 
नेपाल–बेलायत सम्बन्धको द्विशतवार्षिकी समिति 
सरकारले नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको उपलक्ष्यमा विशेष कार्यक्रम गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्कमा ३२ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। सन् १८५२ मा जङ्गबहादुर राणाबाट सुरु भएको उच्चस्तरीय बेलायत भ्रमण हालसम्म नेपालबाट ३४ र बेलायतका तर्फबाट ३९ वटा भइसकेको छ। 
 
समितिले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्षका अवसरमा के–कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ। समितिमा परराष्ट्रविज्ञ र सरोकार भएकाहरुलाई सहभागी गराइनेछ। त्यस्तै नेपाल–जापान सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन ३० सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ। सो समितिको संयोजकमा पनि परराष्ट्रमन्त्री थापा नै हुनुहुन्छ। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सो समितिमा पनि परराष्ट्रविज्ञलाई समावेश गराइने छ। 
 
रङ्गेलीका मृतक परिवारलाई रु १० लाख 
यही माघ ७ गते मोरङको रङ्गेलीमा संयुक्त लोकतान्त्रिक मधेसी मोेर्चाको आन्दोलनका क्रममा शान्तिसुव्यवस्था कायम गर्ने सम्बन्धमा भएको झडपमा परी ज्यान गुमाएका प्रतिपरिवारलाई रु १० दश लाखका दरले राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिए। 
 
सो घटनामा परी तीन जनाको निधन भएको थियो। यस्तै सोही घटनामा परी घाइते भएकाहरुको निःशुल्क स्वास्थ्य उपचार गर्ने निर्णय समेत सरकारले गरेको छ। युवा सङ्घ नेपालले आयोजना गरेको मधेस जागरण कार्यक्रममा मधेसी मोर्चाले अवरोध गर्दा झडप भएको थियो। 
 
यस्तै बेलायत सरकारले डिएफआइडीमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने रु दुई अर्ब ३१ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। उक्त रकम विकासका लागि प्रमाण कार्यक्रममा खर्च गरिनेछ। 
 
सहसचिवको पदस्थापना 
सरकारले २८ सहसचिवको पदस्थापना गरेको छ। प्रवक्ता राईका अनुसार दानध्वज बस्नेत र प्रदीपकुमार कोइराला स्वास्थ्य मन्त्रालय, ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, सञ्जयकुमार खनाल शान्ति तथा पुनःनिर्माण, केशवप्रसाद आचार्य, भगीरथ पाण्डे र जनकराज दाहाल गृह, जानकीबल्लभ अधिकारी पशुपक्षी, शिवप्रसाद अधिकारी विज्ञान तथा प्रविधि, गोकुलप्रसाद धिताल आपूर्ति र शेरबहादुर ढुङ्गाना शिक्षा मन्त्रालय तथा लक्ष्मीविलास कोइरालालाई लोकसेवा आयोगमा पदस्थापना गरेको छ । 
 
केही दिन पहिले उपसचिवबाट सहसचिवमा समेत बढुवा भई विभिन्न निकायमा कार्यरत ती सहसचिवलाई पदस्थापना गरिएको हो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ