arrow

बेलायती सांसदले दिए सगुनलाई शुभकामना

logo
प्रकाशित २०७५ साउन ९ बुधबार
sagoon-mp.png

लण्डन। सगुनलाई बेलायती सांसद विरेन्द्र शर्माले शुभकामना दिएका छन्।  सांसद शर्माले सगुनका बेलायत संयोजक युवराज सेढाईंलाई सोमबार एक पत्र पठाएर सगुनको सफलताको कामना गरेका हुन्।

शुभकामना पत्रमा सगुनले नविनतम अवधारणा र सोंचका साथ अघि बढाएको प्रोजेक्ट सफलताउन्मुख रहेको भन्दै सांसद शर्माले खुशी व्यक्त गरेका छन्। सगुनको अभियानलाई भावी दिनमा थप सफलताको कामना गर्दै उनले सगुनले लिएको लक्ष्य सफलतापूर्वक हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

यसअघि सगुनबारे जानकारी दिने उद्धेश्यले केहि साता पहिले सगुनका सल्लाहकार सुर्य गुरुङ र बेलायत संयोजक सेढाईंले सांसद शर्मासंग भेटवार्ता गरेका थिए। मिनी आइपिओमार्फत सगुनमा लगानी गर्ने अन्तिम अवसर यहि जुलाई २६ तारिख समाप्त हुंदैछ।

सगुनको प्रोजेक्टमा अहिलेसम्म ३५ सय बढि लगानीकर्ताबाट ५ मिलियन डलर भन्दा बढिको लगानी आइसकेको छ। बेलायतबाट पनि यसभन्दा अघिल्लो चरणसम्ममै ४ सय ५० भन्दा बढि समाजका अग्रज, एनआरएन अगुवा, व्यवसायी तथा सर्वसाधारणले सगुनमा लगानी गरिसकेका छन्। हिन्दुस्तान टाइम्स एक्लैले सगुनमा ५ मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ।

स्थापनाताका २ मिलियन डलर रहेको कम्पनीको भ्यालु अहिले बढेर ९३ मिलियन पुगेको सगुनका अभियन्ताहरुको दाबी छ। सन् २०२२ सम्ममा यसलाई बढाएर ५ बिलियन डलरसम्म पुरयाउने लक्ष्य उनीहरुको छ। केहि महिनाअघि सगुनले सार्वजनिक गरेको एन्ड्रोइड एप अहिलेसम्म १० लाख भन्दा बढिले डाउनलोड गरिसकेका छन् भने सगुनका प्रयोगकर्ता २५ लाख नाघिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ