arrow

कोपा डेल रे को उपाधि भिडन्त : बार्सिलोना र सेभिया, कस्ले जित्ला ?

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
sevilla-2.jpg.jpeg

एजेन्सी । स्पेनिश किङ्गस कपका रुपमा परिचित कोपा डेल रे फुटबलको उपाधि भिडन्त शीर्ष क्लब वार्सिलोना र सेभियाबीच हुने भएको छ । विहीबार राति भएको सेल्टा डे भिगोको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा २–२ को बराबरी भएसंगै सेभिया समग्रमा ६–२ ले विजयी भएको हो । सेभियाले घरेलु मैदानमा भएको सेमिफाइनल पहिलो लेगमा ४–० को जित निकालेको थियो ।

सेभियाको अवे खेलमा ३५ र ५५औं मिनेटमा लागो आसपासले गोल गर्दै सेल्टा डे भिगोलाई २–० को अग्रता दिलाए । सेभियाका लागि ५७ औं मिनेटमा बानेगा तथा ८७औं मिनेटमा कोनोप्लेयन्काले गोल गर्दै खेल २–२ को बराबरी गरे । इन्जुरी समयमा एनजोन्जी रातो कार्ड खाँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा सीमित रहयो ।

यसअघि, बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले भ्यालेन्सियासँग १–१ को बराबरीमा गर्दै समग्रमा ८–१ को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो । बार्साले स्टार खेलाडी विनै दोस्रो लेग बराबरी गर्न सक्यो । पहिलो लेगमा ७–० ले विजयी भएको बार्साका मुख्य फरवार्ड लियोनल मेसी, फरवार्डद्वय लुइस सुआरेज र नेमार दोस्रो लेगमा मैदान उत्रेनन् । पहिलो लेगमा सुआरेजले चार गोल गर्दा मेसीले ह्याट्रिक गरेका थिए । नेमार भने पेनाल्टीमा गोल गर्न चुके ।

Aspas - who is now 28 years old - hits home during the Copa del Rey semi-final, second leg affair 

Aspas also headed in past Sevilla's 22-year-old goalkeeper Sergio Rico on Thursday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ