arrow

सार्वजनिक लेखा सभापतिमा चौधरी

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
Dilli-Bahadur-Chaudhari.jpg

बुटवल । प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिको सभापतिमा दाङका प्रदेश सांसद तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन । मंगलवार समितिका लागि भएको मनोनयन दर्तामा सार्वजनिक लेखा समितिको सभापतिका लागि चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।

 संसदीय समितिहरुमा सबै भन्दा शक्तिशाली समिति सार्वजनिक लेखा समिति मानिन्छ । सो समिति संसदीय मान्यता अनुसार प्रतिपक्षलाई दिने नीति छ । समितिमा रहने १३ सदस्य समितिका अन्य सदस्यहरुको भने निर्वाचन हुदैछ ।

त्यसै गरेर विकास समितिको सभापतिमा आशा स्वर्णकार र अर्थ समितिको सभापतिमा दधिराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन । सभापतिमा निर्वाचि भए पछि चौधरीले आफनो लागि यो अवसर र चुनौतीको घडी भएको वताए । नयाँ संरचना र नयाँ ब्यवस्थालाई सिस्टममा लैजान आबश्यक भएको बेला पाएको जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्ने बताए ।  

'यो मेरो लागि ठूलो अवसर हो, अवसर संगै चुनौती पनि छ, चुनौतीलाई पनि अवसरामा रुपान्तरण गरेर जिम्मेवारी पुरा गर्छु' चौधरीले भने । प्रदेशको सार्वजनिक लेखाको विषयमा कार्ययोजना बनाएर अघि बढने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ