- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विहीबार प्रा.डा. गोविन्द केसीको अनसनका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यका साथ आयोजना गरिएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्रीलाई दबाब दिन शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भई प्रधानमन्त्री निवास बालुवाटारसम्म जान लागेको विद्यार्थी र चिकित्सकहरु सम्मिलित र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।
केसीको अनसन २७ औं दिनमा प्रवेश गर्दापनि उनको मागको सुनुवाई नभएको भन्दै दबाब दिनका लागि यो र्यालीको आयोजना गरिएको हो । उनीहरुको र्यालीलाई प्रहरीले सुरुमा शिक्षण अस्पतालको गेटमा नै रोक्ने प्रयास गरेको थियो । त्यहाँबाट बिस्तारै प्रहरी तालिम केन्द्रसम्म पुगेको र्यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि विद्यार्थी र प्रहरीबीच ठेलमठेल भएको हो ।
र्यालीलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो । साथै ३६ जना पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको चिकित्सा शिक्षा अभियन्ता प्रितम सुवेदीले जनाएका छन् । प्रहरीले नियन्त्रणमा लिएको प्रदर्शनकारीलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब पुर्याइएको छ ।