arrow

सीमांकन विवाद टुंगो लगाउन राजनीतिक संयन्त्र : दुई दिनमा बन्ला ?

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
baluwatar-baithak-1.jpg.jpeg
काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रदेश सिमांकनबारेको विवाद टुंग्याउन राजनीतिक संयन्त्र निर्माण गर्ने सहमति भएको छ । राजनीतिक संयन्त्र बनाउन २ दिन छलफल लागि समयसिमा तोकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको छलफलमा सहमतिका लागि कार्यदललाई सक्रिय बनाउने निश्कर्ष दलहरुले निकालेका हुन् । बैठकपछि नेताहरुले संचारकर्मीसंग छलफल सकारात्मक भएको बताए । 
 
कांग्रेस नेता तथा कार्यदल सदस्य महेश आचार्यले आइतबारसम्ममा संयन्त्र निर्माण गर्ने सहमति भएको र प्रधानमन्त्रीको भारत भ्रमण अगाघि नै गठित संयन्त्रलाई संसद्बाट अनुमोदन गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै सिमांकनको विवाद मिलाउने सन्दर्भमा दुबै पक्ष लचिलो हुने भएका छन् । ओलीको भ्रमणबारे छलफल गर्न अपरान्ह फेरि सर्वदलीय बैठक बस्दै छ । तीन दलका शीर्ष नेताहरु कार्यदल सदस्य महेश आचार्य, भीम रावल, कृष्णबहादुर महरा, लक्ष्मणलाल कर्ण, राम नरेश राय र हृदयेश त्रिपाठीलगायत सहभागी थिए । बैठकमा सहमति निर्माण गर्न शनिबार र आइतबार तीन दल र मधेसी मोर्चाका शीर्ष नेताबीच छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ