arrow

प्रधान सेनापतिको सक्रियताबारे राष्ट्र संघको चासो, आवासीय संयोजक पुगे जंगी अड्डा

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
aarmy-new-pc.jpg.jpeg
काठमाडौं । पछिल्लो समय प्रधान सेनापतिको सक्रियता व्यस्तता बढेको छ ।  दिल्ली यात्रापछी प्रधान सेनापति राजेन्द्र क्षत्रीको व्यस्तता बढेको हो । छिमेकी राष्ट्रले विश्वास गर्ने स्थायी सरकार प्रमुख क्षेत्रीलाई लामो समयको नाकाबन्दी अन्त्यगर्न खास भूमिका खेलेको श्रेय दिइएको छ । क्षत्रीले छिमेकी समकक्षीसंगको छलफलमा देखाएको सक्रियताले अहिले उनलाई व्यस्त बनाइदिएको छ ।
 
अहिले क्षत्री कुटनीतिक निकायको नजरभित्र छन् । नेपाली सेनाको अनुगमनसंग जोडिएको संयुक्त राष्ट्रसंघले उनको भारत भ्रमणलाई लिएर केर कारलाई बढाएको छ । नभन्दै शुक्रबार बिहान मात्रै क्षेत्री र संयुक्त राष्ट्र संघका आवासीय संयोजक माइकल प्याट्रिक जोन्स जंगी अड्डा पुगे । क्षत्रीलाई भेट्न जोन्स जंगी अड्डा पुगेका हुन् ।
 
सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ती जारी गर्दै भेटबारे जानकारी गराएको हो । शिष्टाचार भेटमा प्रधान सेनापति एवं महारथी क्षत्री र संयोजक जोन्सबीच नेपाली सेना र संयुक्त राष्ट्र संघबीच रहंदै आएको द्विपक्षीय एवं बहुपक्षीय हितका विषयमा छलफल भएको विज्ञप्तीमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ