arrow

के सेक्सले फुटबलमा असर पार्छ ?

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
kama-sutra-football.jpg.jpeg
एजेन्सी । फुटबलमा  खेल सुरु हुनु पुर्व  खिलाडिहरुले  श्रीमती वा गर्लफ्रेन्डसँग रात बिताउने कुरालाई लिएर बारम्बार बहस हुने गरेको छ । केहि मानिसहरु म्याच भन्दा पहिले खिलाडिहरुलाई सेक्स देखि टाढा राख्नु पर्ने कुरामा विश्वास राख्दछन् । ब्राजीलमा भएको विश्व कप फुटबल २०१४ मा पनि सेक्सको बिषयले चर्चा पाएको थियो । सेक्सको बिषयलाई मेक्सिकोका  तत्कालिन कोच मिगुल हरेराले उठाएका थिए । त्यस समय रिफोर्मा पत्रिकासँगको अन्तरवार्तामा उनले खिलाडिहरु  ब्राजीलमा रहँदा सेक्सवाट टाढा रहनुपर्ने बताएका थिए । यस टिप्पणीले मीडियमा राम्रै बहस पाएको थियो ।
 
यस अभिव्यक्तिको हरेराले सफाई दिदै खिलाडिहरु प्रतिबन्धित नरहने बताएका थिए । साथै उनले खिलाडिहरुसँग बुद्धिमानीसाथ  व्यवहार गर्न आग्रह गरेका थिए । हरेराले ब्राजीलका तत्कालिन कोच लुइस फिलिपे स्कोलारीको शब्द सापटि लिदै आफ्नो सफाई दिएका थिए । स्कोलारीले आफ्ना खिलाडहरुलाई बेडरूम "कलोबाजी" वाट बच्न आगाह गरेका थिए । ब्राजिलले त्यस समय सेमिफानलमा जर्मनसँग ७-१ गोलको हार व्यहोरेपछि स्कोलारीलाई ब्राजील फुटबल महास‌ंघले निलम्बित गरेको थियो ।    
 
साथै सन् २०१६ मा हुन गइरहेको युरोकपमा पनि  सेक्सको बिषयले चर्चा  पाउने विश्लेषकहरुले दाबी गरेका छन्  । युरोकप  जुन १० देखि  जुलाई १० सम्म फ्रन्समा आयोजना हुनेछ । प्रतियोगितामा युरोप महादेशवाट छनौटमा परेका कुल २४ टोलीले सहभागिता जनाउने छन् । सेक्सको कारणले प्रदर्शनमा पर्ने प्रभावमा भने सिद्धान्त शताब्दीयौं पुरानो रहि आएकोछ । यस तथ्यलाई प्राचीन यूनानियहरु सँग जोडेर हेर्न गरिन्छ । जुन पुरुषहरुको शुक्राणुलाई सुरक्षित राख्न अतिनै महत्वपूर्ण छ जसले भित्र तेज र आक्रामकता बनाइ राख्दछ ।  तर  यस बिषयमा कुनै  वैज्ञानिक तथ्य भने पाइदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ