- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सर्वत्र आलोचनापछि इन्टरनेटको बढेको शुल्क घटाउन प्रधानमन्त्री केपी शर्मा ओली सरकार बाध्य भएको छ ।
सञ्चार मन्त्रालयमा बिहिबार भएको वार्तामा इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच पूरानै मूल्य कायम गर्ने सहमति भएको हो ।
इन्टरनेटको मूल्य बढाएपछि प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भएको थियो । साउन १ देखि इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने गरी व्यवस्था गरिएको थियो।
ब्यान्डविथ र ‘फिक्स्ड वायर्ड ब्रोडब्यान्ड’को अध्ययनपछि इन्टरनेट सेवाको मूल्यमा कुनै वृद्धि नगर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।