arrow

केसीसी एक्जीवीट श्रावण १२ र १३ गते

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
Poster_of_the_Event.jpg

काठमाडौं । कान्तिपुर सिटी कलेज (केसीसी)ले श्रावण १२ र १३ गते केसीसी एक्जीवीट २०१८ आयोजना गर्ने भएको छ ।  केसीसीको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नुका साथै उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग सम्बन्धी अन्तरक्रिया गर्नेछन्  ।  

इनोभेट इन्टिग्रेट एण्ड सस्टेन मूल नारा  रहेको  कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ सम्बन्धी ४५ वटा बिद्यार्थी प्रोजेक्टहरू, चारवटा फुड स्टल, दुईवटा गेम स्टल, साङ्गीतिक कार्यक्रम र ‘दीगो विकासका लागि स्मार्ट सिटी’बारे गोष्ठी आयोजना हुनेछ  ।

प्रदर्शनीका केही प्रोजेक्टहरूमा कलेज (मिनी एमआइएस प्रणाली), लिपि (नेपाली सिक्नका लागि), सुपरवाल (गेम), नेपसे डट टुडे (व्यक्तिगत स्टक विवरण), स्मार्ट स्टिक (दृष्टिविहीनका लागि), पानी सतह मापन, ट्राफिक व्यवस्थापन मोडल, सिङ्गल पोल झोलुङ्गे पुल, हाइड्रलिक पुल, हिल स्टेसन स्लाइडर लगायत रहने केसीसीले जनाएको छ।

त्यस्तै, कार्यक्रममा नेपाली गायिका आस्था राउत र हास्य कलाकार जितु नेपालको प्रस्तुति रहनेछ । कार्यक्रममा  २० हजारभन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने कार्यक्रम संयोजक कुशल निरौलाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ