arrow

टेष्ट क्रिकेटमा ब्रेण्डन मकलमको दुर्लभ रेकर्ड

पहिलो देखि लगातार १०० टेष्ट

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
Brendon_McCllum.jpg.jpeg

एजेन्सी। ब्रेण्डन मकलम, न्युजिल्याण्डका स्टार क्रिकेटर जस्ले आफ्नो ब्याटिङ कौसलले धेरै क्रिकेट प्रेमीहरुको मन जितेका छन्। उनको ब्याटिङका साथै विकेट किपिङ र फिल्डिङकालागि पनि सम्झन योग्य खेलहरु रहेका छन्। अष्ट्रेलियासँग जारी क्रिेकट श्रृखंलाको दोस्रो टेष्ट पछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका मकलमले किन यती चाँडो सन्यासको निर्णय गरे भन्ने प्रश्न उनले समय आएपछि देलान। उनमा अझ पनि प्रशस्त क्रिकेट बाँकी रहेको देख्न सकिन्छ।

टेष्ट क्रिकेटमा पहिलो टेष्ट देखि लगातार सयौं टेष्ट खेल्ने नौलो रेकर्ड मकलमले आफ्नो नाममा लेखाएका छन्। यस्तो रेकर्ड बिरलै देख्न पाईन्छ। टेष्ट क्रिकेट आफैमा पाँच दिन खेलिने खेल हो र यस्कालागि मानसिक र शारिरिक क्षमता अव्वल हुनु पर्नेमा कुनै दुई मत छैन्। यती लामो समयसम्म फिटनेस र फर्म कायम राख्नु आफैमा ठूलो चुनौती हो।

हुनत: लगातार धेरै टेष्ट खेल्नेमा अष्ट्रेलियाई ब्याट्सम्यान एलेन बोर्डरको नाममा रेकर्ड रहेको छ। उनले लगातार १५३ टेष्ट क्रिकेट खेलेका थिए। दोस्रोमा एलेष्टर कुक (१२४), तेस्रोमा मार्क वा (१०७) र चौथोमा भारतका सुनिल गावस्कर (१०६)ले यस्तो रेकर्ड राखेका छन्। तर चारै जनाको यो रेकर्ड पहिलो टेष्टदेखिको लगातार खेल भने होईन्।

सन् १९८१ सेप्टेम्बरमा जन्मेका मकलमले दाहिने हाते विकेट कीपर ब्याट्सम्यानका रुपमा खेल जिवनको शूरुवात गरेका थिए। सन् २००४ मार्च १०मा दक्षिण् अफ्रिका बिरुद्ध पहिलो टेष्ट क्रिकेट खेलेका मकलमले पहिलो ईनिङमा ५७ रन बनाएका थिए भने दोस्रो ईनिङमा आउट नभई १९ रन बनाएका थिए। पहिलो टेष्टमा उनले तीन क्याच पनि लिएका थिए । यस्तो शुरुवात गरेका मकलमले आफ्नो १००औं टेष्टको पहिलो ईनिङमा शुन्ना रनमा आउट भएका थिए।

टेष्टमा ११ शतक प्रहार गरेका मकलमको उच्चतम स्कोर ३०२ रहेको छ। भारत बिरुद्ध नयुजिल्याण्डको वेलिङटनमा २०१४ फेब्रुअरी १४मा उक्त स्कोर बनाएका थिए। उनी तेहेरो शतक प्रहार गर्ने न्युजिल्याण्डका एकमात्र खेलाडी हुन्। एउटा तेहेरो शतक र तीन वटा दोहोरो शतक बनाएका मकलम न्युजिल्याण्डका सफलतम विकेट किपर ब्याट्सम्यान हुन्। मकलमले ईङल्याण्ड र दक्षिण अफ्रिका बाहेक सबै टेष्ट खेल्ने देशहरु बिरुद्ध शतक प्रहार गरेका छन्।

ब्रेण्डन मकलमलाई उनको बिष्फोटक र संयमित ब्याटिङकालागि क्रिकेट प्रेमीहरुले सँधै सम्झि रहनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ