arrow

प्रधानमन्त्रीले राउटे मुखियालाई भने जङ्गलवाट सहर छिर्नुहोस्

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
raute.jpg.jpeg
काठमाडौँ ।  राउटेका मुखियाहरुले आज प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेटघाट गरेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले आफहरुलाई चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे । प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन,जंगलबाट गाउँ,सहरमा आउन आग्रह गरे  ।
 
अधुनिक जीवनशैली अपनाउनका लागि राउटेहरुलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । परम्परागत संस्कृतिको संरक्षण गर्दै जीवनशैलीलाई आधुनिक बनाएमा राउटेहरुको भविष्य सुनिश्चित हुने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्ता सहित  कपडा किनेर दिए  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ