arrow

अनेरास्ववियुको बन्दसत्र सुरु, नवीना र दीपकको घमासान प्रतिस्पर्धा

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
nabina-deepak.jpg.jpeg
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २२औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ । प्रतिनिधिसम्बन्धी सामान्य विवादका कारण आचारसंहिता तय गर्दा बन्दसत्र सुरु हुने ढिला भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए। 
 
बन्दसत्र सुरु हुनुअघि तय गरिएको आचारसंहितामा उम्मेदवारले निर्वाचन सुरु भएको वरिपरि कुनै पनि प्रचारप्रसार गर्न नपाइने, निर्वाचन प्रभावित पार्ने गरी प्रचार सामग्री वितरण गर्न नपाइने र उम्मेदवारले प्रचारप्रसार सामग्री बनाउँदा ठुल्ठुला पोस्टर छाप्न नपाउने सामान्य परिचय खुल्ने खालको मात्र प्रचार सामग्री हुनुपर्ने प्रावधान छ । उम्मेदवारले आचारसंहिता उल्लङ्घन गर्ने खालको काम गरेमा उम्मेदवारी स्वतः खारेज हुने आचारसंहितामा उल्लेख भएको प्रवक्ता लामिछानेले बताए। नयाँ पदाधिकारी चयनका लागि शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ । 
 
बिहीबार भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए । माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा चलिरहेको छ । सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता छ । 
 
यही माघ २७ गतेदेखि हुने भनिएको सम्मेलन पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण एक दिनका लागि स्थगित गरी २८ गते उद्घाटन गरिएको हो । वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका छन् ।
 
 लामाले घोषणा गरेको प्यानलमा उपाध्यक्षहरुमा रश्मी आर्चाय, महेश बस्तोला, शैलेश लामा र सुनिता बराल रहेका  छन्।  महासचिबमा ऐन महर, सचिबका लागी आर सि लामीछाने, समिक बडाल, बसन्त ढकाल, दुर्गानन्द ठाकुर, कमला बोहोरा, मकर खड्का, गोबिन्द गिरी ठाकुर, झपेन्द्र खत्री, बाङछु योञ्जन लगाएतका रहेका छन्। नविनालाई अध्यक्षमा टुंगो लगाएपछि ओली पक्षको प्यानलनका पदाधिकारीहरुको उम्मेदवारको अल्फाबिटा हाउसबाट घोषणा गरिएको थियो। 
 
यस्तै माधव नेपाल पक्षको प्यानलनबाट अध्यक्षको उम्मेदवारमा दीपक गौतम भिड्दै छन्  । उपाध्यक्षमा राधिका खतिवडा, , अब्दुल हुसेन खा, सरोज यादब, जीवन राई र महासचिवमा अष्ट लामा लगायत रहेका छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ