arrow

फेरि सर्यो जोशीको सुनुवाई, षड्यन्त्र कि अनुसन्धान ? 

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
deepakraj-joshi.jpg

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशका लागि कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि पपिन स्थगित भएको छ । 

विगतमा सुनुवाई लगत्तै निर्णय सुनाउने गरिएकामा यसपटक लगातार दुई वटा बैठक स्थगित भइसकेका छन् । बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ । 

यसअघि गत बिहिबार सुनुवाई समितिले जोशीसंग सोधपुछ गरेको थियो । यसअघिको अभ्यासमा उसैदिन निर्णय सुनाउने गरिन्थ्यो । शुक्रबार सुनाउने पनि भनियो । शुक्रबारको बैठक बस्दै नबसी स्थगित भयो । 

आइतबार बिहान ८ बजेलाई बैठक डाकिएको भए पनि त्यो बैठकसमेत स्थगित गरिएको छ । जोशीको शैक्षिक प्रमाणपत्र माथि प्रश्न उठेको छ । प्रमाणपत्रको विषय भन्दा पनि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको हाइकमाण्डले के चाहिरहेको छ भन्ने जानकारी संसदीय समितिका आफ्ना सांसदलाई नदिएका कारण अलमलमा परेको बताइन्छ । 

न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढेका कारण पनि अलमल भएको छ । संसदीय सुनुवाइ समितिका नेकपाका सांसदहरु अलमलमा छन् । त्यतिमात्र होइन सरकार सुहाउँदो माहोल बनाउन यो विषयलाई उठान गरिएको हुनसक्ने आरोप समेत सरकारलाई लाग्न थालेको छ । 

जोशीको शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको बताइए पनि आफ्नो काबुमा राख्नका लागि जानीजानी ढिलाई गरिएको आरोप समेत लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ