arrow

आर्थिक समृद्धिकालागि कफी खेती गर्ने किसानको प्रतिवद्धता

logo
प्रकाश धौलाकोटी
प्रकाशित २०७२ माघ २९ शुक्रबार
coffee-plant.jpg.jpeg
तेह्रथुम । तेह्रथुमको ईवा गाविसमा कफी खेती प्रविधिबारे जानकारी दिन आयोजित एक कार्यक्रममा सहभागी कृषकहरुले कफी खेतीमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।  आठराई क्षेत्रमै पहिलो पटक कफीको व्यवसायिक खेती प्रवर्धनकालागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा आठराई कफी उत्पादक कृषक समूहले आयोजना गरेको कार्यक्रममा सहभागी कृषकहरुले खेती प्रविधिबारे जानकारी पाएपछि कफी खेती सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले प्रारम्भमा प्रति कृषक कम्तिमा पाँच सय विरुवा रोपण गर्ने योजना समेत बनाएको आठराई कफी उत्पादक कृषक समुहका कोषाध्यक्ष जयप्रकाश ईङनामले बताए ।  
 
कफी खेती अभियानमा सरीक भई आर्थिक सबलीकरणतर्फ उन्मुख होऔँ भन्ने नारासहित गठित आठराई कफी उत्पादक कृषक समुहले सबै क्षेत्रमा कफी खेतीको प्रवर्धनकालागि अभियान चलाउने योजना समेत बनाएको छ । कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले कफीको व्यवसायिक खेती गरी आर्थिक समृद्धिको बाटोतर्फ उन्मुख हुन कृषकहरुलाई आग्रह गरे । गौतमले आठराई क्षेत्रमा कफी उत्पादनको पर्याप्त सम्भावना समेत देखिएको र कफीको बजारीकरणकालागि पनि खासै समस्या नरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ