arrow

न काँग्रेस हार्न दिन्छौ, न देशनै हार्न दिन्छौ: गगन थापा (भिडियोसहित)

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
gagan-thapa.jpeg.jpeg.jpeg
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले सबै परिवर्तनको नेतृत्वको गरेपनि परिवर्तन संस्थागत गर्नबाट कांग्रेस चुक्दै आएको बताएका छन्। काठमाडौं कांग्रेसको १३ औं जिल्ला अधिवेशन उद्घाटनका क्रममा थापाले भने प्रत्येक संघर्षमा बिजयी भएर पनि‘सात सालदेखि संविधानसभामार्फत संविधान बनाउँदासम्म कांग्रेसको नेतृत्वले जितेको छ। तर जितको उन्मादमा कांग्रेस हार्दा देश पनि हारेको छ ।’, 
 
थापाले भने 'अब देश हार्न दिन्नौ काँग्रेस हार्न दिन्नौ।' काँग्रेसले केपी ओली प्रवृती र राजेन्द्र महतो प्रवृतीबाट देशलाई बचाउने जिम्मा पनि काँग्रेसको रहेको उनको भनाई छ। सबैलाई समेटेर लैजाने जिम्मेवारी काँग्रेसको रहेको उल्लेख गर्दै उनले आवश्यक परे ड्राइभिङ सीटमा बसेकालाई हटाएर भएपनि देशलाई गन्तव्यमा पुर्‍याउने जिम्मा काँग्रेसको रहेको बताए। थापाले राखेका मन्तव्य भिडियोमा हेर्नुहोस्ः
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ