arrow

प्रदेशको राजधानी र नामाकरण माग गर्दै कांग्रेसद्वारा बैठक अवरोध

राजधानी, नामाकरण र सभामुख उपसभामुखको विषयमा नटुंगिएसम्म अवरोध रहन्छ : सचेतक क्षेत्री

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेशको राजधानी र नामाकरण नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आइतबारको प्रदेश ५ को प्रदेश सभा बैठक अवरोध गरेको छ । स्थायी राजधानी र नामाकरण टुंगो नलागेसम्म प्रदेश सभा बैठक चल्न नदिने कांग्रेसको अडान छ ।

आइतबारको बैठक सुरु भएलगत्तै विशेष समय लिएर कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रदेश ५ को सरकार संविधान अनुसार चल्न नसकेको बताए । संविधानमा ६ महिनाभित्र प्रदेश सभाबाट स्थायी राजधानी र नामाकरण टुंगो लगाउने उल्लेख भएपनि अहिलेसम्म त्यो नभएकाले कांग्रेसले बाध्य भएर बैठक अवरोध गर्ने नीति लिनु परेको जानकारी गराएका थिए  ।

उनले संविधानमा सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने व्यवस्था भएपनि प्रदेश ५ को प्रदेश सभा बैठकमा अहिलेसम्म दुवै पद एकै दलको भएकाले तत्काल त्यसको प्रकृया सुरु गर्न समेत सभामुखको ध्यानाकर्षण गराएका थिए । विपक्षी दलका नेता बलदेव शर्माको नेतृत्वमा प्रदेश सभाको बैठक कक्षमा उभिएर प्रदेश सभा सदस्यहरुले विरोध गरे।

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराइन् । राजधानी, नामाकरण र सभामुख उपसभामुखका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेर टुंगो नलाग्दासम्म बैठक अवरोध भइरहने सचेतक क्षेत्रीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ