arrow

कर्णाली काँग्रेसमा कहि चुनाव हुँदै कहि मतगणना

logo
रुवेन भण्डारी।
प्रकाशित २०७२ माघ २९ शुक्रबार
13th-congress.png.png.png
जुम्ला। नेपाली काँग्रेसको छैटौ जिल्ला अधिवेशन माघ २५ गते हिमपात भएपछि एक दिनका लागिसकेको थियो। गाउँ गाउँबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधिहरु खलंगा पुगेपनि चिसो मौसमका कारण अधिवेशन स्थगित गरिएको नेपाली काँग्रेस कार्यवाहक सभापति दिपबहादुर शाहीले वताए। उनले भने सोमवार विहान जिल्ला कमिटिको वैठक बसि एक दिन अधिवेशन सार्ने निर्णय गरिएको हो। 
 
प्रतिनिधिहरु जिल्ला आइपुगेपनि गाउँ गाउँबाट कार्यकर्ताहरु जिल्ला आउने भएकाले चिसो मौसम र हिमपातका कारण हिलाम्मे वाटो भएकाले उनिहरुलाई खलंगा आउजाउमा असहज हुने भन्दै स्थगित गरिएको थियो। तर २६ गते नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको निधन भएपछि फागुन ३ गते सम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको छ। ३ गते सिधै वन्दसत्र गरिने नेपाली काँग्रेस जिल्ला शाखा जुम्लाले जनाएको छ। 
 
जिल्ला सभापतिका लागि आधा दर्जन बढी आकाँक्षीहरु रहेका छन् भने महाधिवेशन प्रतिनिधि खुल्लातर्फ ७जनाको सिटमा ४२ जना आकाँक्षीहरु देखिएका छन्। उनिहरुले उम्मेदवारी घोषणा नगरेपनि प्रतिनिधिहरु संग भेटघाट र प्रचार प्रसार गर्न थालिसकेका छन्। 
मुगु
मुगुमा आठौ जिल्ला अधिवेशनको बाकी कार्यक्रमह आज भैरहेका छन्। अहिले मतदान भैरहेको छ। सभापतिमा संस्थापनबाट खडक बहादु शाही र देउवा पक्षबाट पदम बहादुर रावल उमेदवार रहेका छन्। दुवै उम्मेदवराहरु उस्ता उस्तै देखिएका छन्।  
कालिकोट
कालिकोटमा निर्धारीत मितिमा जिल्ला अधिवेशनको उद्घाटन भएपनि बन्दसत्र भने हुन सकेको थिएन। भोलि शनिवारबाट बन्द सत्रको कार्यक्रम हुने नेपाली काँग्रेस कालिकोटले जनाएको छ। कालिकोटमा कालिबहादुर सहकारी र हर्ष बहादुर बमले आफ्नो प्यानल सहित उमेदवारी घोषणा गरिसकेका छन्। सहकारी देउवा प्यानलबाट छन् भन् बम संस्थापन प्यानलबाट रहेका छन्। कालिकोटमा देउवा प्यान बलियो देखिएको छ। महाधिवेशन प्रतिनिधिमा ३० जना भन्दा वढीले उम्मेवदारी दर्ता गराएका छन्।
डोल्पा
डोल्पामा सभापति चुनावमा विवाद रहेको छ। 
हुम्ला
हुम्लामा मतगणना भैरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ