arrow

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
chopper-motorcycle-cartoon-picture-47235534.jpg.jpeg
कालीकोट । सदरमुकाम मान्मबाट दाहा गाविसतर्फ जाँदै गरेको बा ३९ प ५७३६ नंको मोटरसाइकल आज साँझ सुर्खेत–जुम्ला सडकखण्डको ताडीको भिरमा खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाहा गाविसस्थित बाविरा प्राविका शिक्षक केशबहादुर शाही,स्थानीयवासी गगनबहादुर शाही र मोटरसाइकल चालक कैलाली घर भई हाल दाहा मोल्फास्थित एक निजी विद्यालयका शिक्षक सन्दीपसिंह साउद रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 
 
प्रहरीका अनुसार एकै मोटरसाइकलमा तीन जना सवार भई तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएदेखि हालसम्म करिब ५० जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ