arrow

मधेसमा दुई प्रदेश कायम गरे मात्र मान्य हुन्छ : महन्थ ठाकुर

logo
कुमोद अधिकारी
प्रकाशित २०७२ माघ २९ शुक्रबार
Mahanta_Thakur.jpg.jpeg
विराटनगर । तराइ मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनितिक सयन्त्र बनाएर सिमांकनको विषय टुग्याउने कुरा विषय सकारात्मक रहेको बताएका छन् । विराटनगरमा संचारकर्मीसंग अध्यक्ष ठाकुरले वार्ता र छलफलवाटै मधेशको समस्यालाइ टुंग्याउन संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाहगर्ने विश्वास गरे । यद्यपि, ठाकुरले मधेशमा दुई प्रदेश कायम गरेर मात्र सिमाकंनको विषय टुंगो लगाउनु पर्नेमा जोड दिए ।
 
अध्यक्ष ठाकुरले जनताको भावनालाइ बुझेर मधेशी मोर्चाले नाकाबन्दी तथा बन्द हडताल जस्ता आन्दोलन स्थगित गरेपनि सांकेतिक आन्दोलन भने जारी रहेको बताए । मोर्चाले आफनो माग नछाडेको उल्लेखगर्दै आन्दोलनको स्वरुपमात्र परिवर्तन भएको ठाकुरको भनाई छ । ठाकुरले मधेशको समस्या राजनीतिक समस्या भएकाले यसलाई राजनीतिक तवरबाटै समाधान खोजिनुपर्नेमा जोड दिए । 
 
संविधान संसोधनले मधेशको माग आंशिक सम्बोधन भएको बताए । अध्यक्ष ठाकुरले मधेशवादी दलहरुलाइ मिलाएर महागठवन्धन बनाउने कुरामा अहिले कुनै निर्णय नभएको प्रष्ट पारे । महागठबन्धन बनाउने विषयमा मधेशवादी दलहरुसंग कुराकानी भएपनि निर्णय नभएको जानकारी ठाकुरले दिए । यसअघि, सद्भावना अध्यक्ष राजेन्द्र महतोले महागठबन्धनको प्रस्ताव गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ