arrow

कुकुरको पनि यति धेरै सम्मान

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
dog.jpg

काठमाडौं । कुकुर । नामै कुकुर भएपछि उसलाई हेर्ने दृष्टिकोण अझै फरक हुन्छ । कुकुर साथमा हुनुका फाइदा धेरै भए पनि मानिसलाई नराम्रो तरिकाले सम्वोधन गर्दा कुकुर नै भनेर पुकारिन्छ । 

मानिसलाई बेइज्जत गर्नुपर्यो भने कुकुर नै भनेर सम्वोधन गरिन्छ । मानिसले सम्मान पाउँदैन । तर मरेपछि त कुकुर पनि सम्मान पाउँछ भने मानवजीवनले किन नपाउने भन्ने बहस चल्नु सामान्य हो । 

त्यस्तै सम्मान पाएको छ एक कुकुरले । घटना इटालीको हो । एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको सो कुकुरको मृत्यु विषबाट भएको उनले जनाएका छन् । कसैले दिएको विषबाट आफ्नो कुकुरको मृत्यु भएको जानकारी उनले दिएका हुन् ।

त्यसपछि त्यो फेसबुक सन्देश हजारौंले सेयर गरेका छन् । फाबियानोले फेसबुकमा कुकुरलाई सम्बोधन गर्दै लेखेका छन्, ‘त्यहाँ गएर पनि आफ्नो काम जारी राख्नू, हराइरहेका मानिसलाई खोज्नू र उनीहरुको जीवन बचाउनू ।’

काओसले सन् २०१६ अगस्टमा इटालीमा गएको भूकम्पपछि उद्धारका क्रममा कयौं मानिसको ज्यान जोगाएको थियो । उसले भग्नावशेषमा पुरिएका मानिसको खोजीमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।

कुकुरले  पनि राम्रो काम गर्छ र त प्रशंसा पाउँछ । त्यसैले मानिसलाई गाली गर्दा त्यो संवोधन ठीक भएन कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ