arrow

आठमध्ये एक नेपाली महिलामा स्तन क्यान्सर 

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
breasts.jpg

काठमाडौं । नेपालका आठमध्ये एक महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ । नेपालका १४ ठूला अस्पतालमा गरिएको अध्ययन अनुसार प्रत्येक ८ महिलामध्ये १ जनामा स्तन क्यान्सर देखिएको हो ।


स्तन क्यान्सर र यसको उपचारमा देखिएका नयाँ प्रबिधि, ज्ञान सिप आदानप्रदान गर्नका लागि स्तन क्यान्सर सम्बन्धि जारी विश्वस्तरीय सम्मेलनमा क्यान्सरमध्ये महिलामा देखिने स्तन क्यान्सरको समयमै पहिचान हुने गरेकाले यसबाट मर्नेको संख्या पनि घटदै गएको सार्वजनिक भएको छ । नेपाल मेडिसिटी  अस्पतालको आयोजनामा भइरहेको सम्मेलनमा  मेडिकल डाइरेक्टर डा सुनीलकुमार शर्मा ढकालले  महिलामा सबैभन्दा बढी देखापर्ने क्यान्सरमा स्तन क्यान्सर भएपनि यसको समयमा पहिचान भएकाले यसबारे मर्नेको संख्या पनि घटदै गएको दाबी गरे । 

अमेरिकामा रहेको येल न्यु हेभन हस्पिटलको सहकार्यमा नेपाल मेडिसिटी अस्पतालले स्तन र खानानलीको क्यान्सर रोग सम्बन्धी तीनदिने सम्मेलन आयोजना गरेको छ । 
अस्पतालले ‘उपचार, पुनर्स्थापना र भविष्यका आधारहरु’ भन्ने नाराका साथ सोमबारदेखि  तीन दिने सम्मेलन सुरु गरेको हो । 


मेडिसिटी अस्पताल भैंसेपाटीमा बुधबारसम्म हुने सम्मेलनमा अमेरिकाबाट डा डिकरम्यान होलिस्टरको नेतृत्वमा ७ सदस्यीय विशेषज्ञ टोलीको सहभागिता रहको छ । देशका बिभिन्न स्थानमा रहेको एक सय ५०  भन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिस्टहरुको सहभागिता रहेकोे छ । 

‘सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाइ व्यवस्थापन लगायत उपचारबारे अन्तराष्ट्रिय प्रबिधि ज्ञान सिप आदानप्रदान भइरहेको  मेडिसिटीले जनाएको छ ।

स्तन क्यान्सर र खानेनलीको जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेसन थिएटरदेखि सम्मेलन स्थलको प्रत्यक्ष प्रशासरण गरिने अस्पतालले जनाएको छ । अस्पतालले चाडै नै सरकारले क्यान्सरका बिरामीलाई दिने गरेको १ लाखको सुबिधा प्राप्त हुने बित्तिकै यो सेवा प्रदान गर्ने तथा नया प्रबिधिहरुबाट उपचार दिइरहेको छ । 

नेपालका कुनै पनि बिरामी उच्चस्तरीय तथा गुणस्तरीय सेवाका लागि बिदेश जाने अवस्था आउन नदिन मेडिसिटीले प्रयास गरीरहेको अध्यक्ष डा उपेन्द्र देबकोटाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ