arrow

थ्रीडी प्रविधिले सुधार गर्नसक्छ स्मार्टफोनको ब्याट्रि

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
3D-print.jpg

काठमाडौं । शोधकर्ताले थ्रीडी प्रिन्टको सहयोगमा स्मार्टफोनका ब्याट्रिहरुको क्षमतामा सुधार गर्ने किसिमको प्रविधि पत्ता लगाएका छन् । यो प्रविधिको सहयोगमा ब्याट्रिको क्षमतामा विस्तार हुनुका साथै टिकाउ पनि हुने बताइएको छ । 

अमेरिकाको कार्नेज मेलन युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार अहिले लयाउन लागिएको थ्रीडी प्रिन्टको योजनाले नयाँ ब्याट्रिको उत्पादनमा आवश्यक मात्रामा महत्वपूर्ण रसायनहरुको प्रयोग गर्न सकिने बताइएको छ । 

लिथियम ब्याट्रि निर्माणको क्रममा प्रयोग हुने पोरोसलाई नियन्त्रणमा राख्नसक्ने भएकोले पनि यो प्रविधि आगामी दिनमा निकै महत्वपूर्ण हुने बताइएको छ । थ्रीडीको माइक्रोल्याटिस संरचनाले ब्याट्रिको क्षमता र चार्ज खर्च हुने समयमा पनि सुधार आउने शोधकर्ताहरुको भनाइ छ । उनीहरुका अनुसार लिथियम ब्याट्रिहरुको क्षमता माइक्रोसेल र तिनीहरुका इलेक्ट्रोइडहरुमा प्वाल तथा लिंकहरु हुनु राम्रो मानिन्छ । 

सामान्य ब्याट्रिहरुमा ३० देखि ५० प्रतिशतसम्मको इलेक्ट्रोडको प्रयोग हुने गरेको छ । यस किसिमको समस्यालाई समाधान गर्नका लागि यो प्रविधि अघि सारिएको उनीहरुको भनाइ छ । यो प्रविधिले धेरैभन्दा धेरै इलेक्ट्रोडहरुको प्रयोग गर्न सकिने र यसले ब्याट्रिको क्षमता बढाउन सकिने बताइएको छ । 

यो प्रविधि अबको २/३ वर्षभित्र औद्योगिक उत्पादनको लागि प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ