arrow

हुवाईको स्मार्टफोन नोभा ३ आई र नोभा ३ नेपालमा

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
huawei-Nova.jpg

काठमाण्डौं। चिनियाँ फोन उत्पादक कम्पनी हुवाईको नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू (नोभा ३ तथा नोभा ३आई नेपाली बजारमा सार्वजनिक भएका छन्। काठमाण्डौँको होटल याक एण्ड यतिमा आज आयोजित एक कार्यक्रमबीच नोभा थ्री तथा नोभा थ्री आई ‍औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

हुवाईेको नोभा सिरिजअन्तर्गतका पछिल्लो स्मार्टफोनहरू नेपाली बजारमा सार्वजनिक भएसँगै ग्राहकहरूले नोभा थ्री तथा नोभा थ्री आई अग्रिम रूपमै बुक गर्न सक्ने कम्पनीले जनाएको छ। साथै सुरुमा बुक गर्ने ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्ने मौका पनि पाउनेछन्। यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरूलाई बुक गरिहाल्न पनि हुवाईले आग्रह गरेको छ। आकर्षक डिजाइनका यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली( एसओसी जडान गरिएको छ।

हुवाई नोभा थ्री तथा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू, २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ। प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ।

क्यामरामा भएका दुईवटा सेन्सरहरूले उत्कृष्ट फोटोहरू खिच्ने कम्पनीले बताएको छ । सेल्फी खिच्ने मजालाई बढाउन नोभा थ्री र थ्री आई दुवैले दृश्य चिन्ने क्षमता पनि रहेको छ। हुवाई नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर१.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ।

यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन गर्दछ। दुवै फोनहरू आकर्षक रंगहरूमा उपलब्ध छन्। हुवाई नोभा थ्री तथा थ्री आई दुवै यस वर्षको चर्चित रंग प्रयोग भएको छ । हुवाईका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ