arrow

युएईमा विदेशी कामदारलाई आममाफी, नेपाली कामदारलाई फाईदा लिन दूतावासको आह्वान

फाइदा लिने अवधि तीन महिनासम्म

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
UAE.JPG

काठमाडाैं । संयुक्त अरब इमिरेट्स युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिककालागि आजबाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । युएईमा रहेका  नेपाली दूतावासले यो तीन महिनाको सक्दो उपयोग गर्न नेपाली कामदारहरुलाई आग्रह गरेको छ ।

युएईस्थित नेपाली दूतावासले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्ति नै निकालेर सूचित गरेको  छ । दूताबासले युएईभित्र रहेका अवैध नेपाली कामदारलाई आफ्नो सम्पर्कमा आउनसमेत भनेको छ ।

युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ (आज)देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएको थियो । 

आममाफी लागू भएपछि अब विनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले जरिवाना र सजाय भोग्नु पर्ने छैन । आफ्नो देश फर्किन अथवा काम र भिसा दिने स्पोन्सर पाएमा वैधानिक रूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना देशका कामदारहरुलाई आग्रह गरेका छन् ।

दूतावासको अनुरोध

          अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने यूएइको Federal Authority for Identity and Citizenship (ICA) को “Protect Yourself By Modifying Your Status ” कार्यक्रम अन्तर्गत अवैधानिक बनेका आप्रवासीहरुलाई वैध रुपमा यूएईमा रहन तथा स्वदेश फर्कन पाउने व्यवस्था भएकोले यूएईमा गैर-कानुनी रुपमा रहनुभएका नेपालीहरुलाई यस अवसरको सक्दो उपयोग गर्नुहुन अनुरोध गरिन्छ ।

यस एमनेष्टीका फाइदाहरुः

  • Immigration को जरिवाना मिनाहा हुने
  • Ban नलागी यूएई छोड्न पाइने
  • पुनः यूएई आउनको लागि प्रतिवन्ध (Permanent Ban) नलाग्ने
  • दिरहाम ५०० सहित आवेदन दिएर नयाँ काम खोजी वैधानिक रुपमा यूएईमा रहन सकिने
  • Six Month Jobseekers’ भिषाको लागि मानव संशाधन तथा इमिरताइजेसन मन्त्रालयको वेभसाइटमा Virtual Job Market मा दर्ता गर्न सकिने ।

धेरै सोधिएका प्रश्नहरु र तिनको जवाफ

प्रश्न नं १: आममाफि कसले पाउने ?

उत्तर: भिषाको अवधि सकिएर म्याद भन्दा बढी बसेका (Overstay) र कम्पनी छोडेर भागेका (Absconding)  ब्यक्तिहरू यस आममाफीबाट लाभान्वित हुन सक्नेछन् ।

प्रश्न नं २: यो आममाफीबाट के फाइदा लिन सकिन्छ ?

उत्तर: यस व्यवस्था अन्तर्गत युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्क समेत मिनाहा हुनेछ। भविष्यमा युएइमा आउनको लागि हुने संभावित प्रतिवन्ध वाट समेत छूटकारा पाइने छ । साथै, युएईमै बस्न चाहनेहरूले काम खोज्नको लागि युएई सरकारले तोकेको ५०० दिरहाम शुल्क तिरी ६ महिनाको अस्थायी भिषा प्राप्त गर्न सकिने छ ।

प्रश्न नं ३: यो आममफिवाट युएइ मै काम खोजी वस्न चाहनेहरूको लागि के के कागजात आवश्यक हुन्छ?

उत्तर: वैध रुपमा काम गरी बस्नको लागि अवधी बाँकी रहेको राहदानी  (Valid MRP) आवश्यक हुन्छ ।

प्रश्न नं ४: राहदानी नभएमा के गर्ने ?

उत्तर: राहदानी नभएमा यदी नेपाल फर्कने हो भने Travel Document  बनाउन र यूएई मै काम खोजेर बस्न चाहने हो भने राहदानीको लागि आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि र Police Report  लिएर दुतावासमा आउनु पर्ने छ ।

प्रश्न नं ५: आममाफीको लागि कहाँ कहाँ सम्पर्क गर्ने ?

उत्तर: यसको लागि पछिल्लो भिसा जुन इमिरेट्सवाट जारी भएको छ त्यही इमिरेट्समा रहेको Amnesty Service Centre मा सम्पर्क राख्नु पर्ने हुन्छ ।

अबुधावीको लागि  

Immigration Office in Shahama

Immigration Office in Al Ain

Immigration Office in Al Gharbia in the Western Region of Abu Dhabi

दूवाइको लागि
Immigration Office in Al Aweer

अन्य इमिरेट्सका लागि  भिषा लागेको इमिरेट्सको Main immigration office मा सम्पर्क राख्नुपर्ने हुन्छ ।

नोटः ६ महिनाको Job Seekers  भिसा (अस्थायी भिसा ) सकिनै लाग्दा समेत काम नपाइएमा उक्त भिसाको अवधि सकिन १० दिन अगावै नेपाल फर्कनु पर्ने हुन्छ ।

अन्य जानकारीको लागि Federal Authority of Identity and Citizenship को Toll Free Hotline 80080 वा दूतावासको फोन नं 026344767 मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

नेपाली राजदूतावास

अबुधावी संयुक्त अरव इमिरेट्स

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

नेपाली दूताबासले आम माफीको सक्दो उपयोग गर्न युएईमा रहेका नेपालीलाई आग्रह गरेको छ । र, यसका लागि दूताबासको सम्पर्कमा आउन अवैधरुपमा बसिरहेका नेपालीलाई आग्रह गरिएको छ

यूएईले गैर-कानुनी रुपमा रहेका (Overstay) विदेशी कामदारहरुलाई दिने आममाफी  सम्बन्धमा अत्यन्त जरुरी सूचना

संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो मुलुकमा गैर-कानुनी हैसियत (Overstay) मा रहेका विदेशी नागरिकहरुलाई वैध रुपमा यूएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेहरुका लागि अगामी ०१ अगष्ट देखि ३१ अक्टोवर, २०१८ सम्म लागूहुने गरी ३ महिने आममाफी दिने व्यवस्था गरेकोमा Amnesty अवधी भरको लागि मात्र सोही प्रायोजनको निमित्त यूएईमा गैर कानुनी रुपमा (Overstay) रहेका नेपाली नागरिकहरुले यस दूतावासमा निम्न बमोजिमको कागजात तथा दस्तुर यथाशिघ्र पेश गरी राहदानी वा ट्राभल डकुमेन्ट बनाउन यसै सूचना मार्फत सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

क)      राहदानीका लागिः

– पुरानो राहदानीको कपी

– नेपाली नागरिकताको कपी

– पुलिस रिपोर्ट (पुरानो राहदानी हराएको अवस्थामा)

– राहदानीको लागि नियमानुसारको दस्तुर  लाग्ने

१. नियमितको लागि दिरहाम २००/-

२. हराएर/ बिग्रिएर राहदानी बनाउनु परेमा – ४००/- र

३. नाबालको लागि – दिरहाम १००/-

ख)      ट्राभल डकुमेन्टका लागिः

– पुरानो राहदानीको कपी

– निशुल्क जारी गरिने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ