arrow

मुल्यबृद्धी र सरकारी अराजकता बिरुद्धमा उत्रियो प्यूठान काँग्रेस

logo
शम्सेर विक्रम जि.सी.,
प्रकाशित २०७५ साउन १६ बुधबार
congress-pyuthan-rally.jpg

प्यूठान। सरकारले सर्वसाधारण जनतामाथी थुपारेको कर र वढ्दै गएको महंगीको विरोध गर्दै नेपाली काँग्रेसले देशब्यापी विरोध सभा गरेको छ। 

देशका ७७ वटै जिल्लाको जिल्ला प्रसासन कार्यालय अगाडी काँग्रेसले सरकारको कामकार्वाही र उसको हावादारी गफका विषयमा विरोध गरेको हो। केपि ओली नेतृत्वको सरकारले न्याय क्षेत्र र मानव अधिकारको हनन गरेको विरोधमा काँग्रेसले देशैभरि विरोध प्रदर्शन गरेको हो। 

नेपाली काँग्रेस प्यूठानले जिल्ला प्रसासन कार्यालय अगाडी र्‍याली सहितको कोणसभाको आयोजना गरेको छ। काँग्रेसले सरकारले दुई तिहाईको दम्भ देखाउदै महंगि बढाएर जनताको ढाड सेक्ने काम गरेको वताएको छ।

कायक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस प्यूठानका जिल्ला पार्टी सभापती अमर भण्डारीले विपन्न र पिछडिएका क्षेत्रमा वसोवास गर्ने नेपाली जनताको आयू ७० वर्षभन्दा कम भएकै कारण शेर वहादुर देउवाको सरकारले ६५ वर्षमै वृद्धाभत्ता दिने काम गरे पनि केपी सरकारले सो निर्णयलाई खारेज गरेकोमा आपत्ती जनाए।

नेपाल महिला सघंकी अध्यक्ष भगवता विष्टले अहिलेको सरकारले जनताको आखामा सपना देखाएर फसाउँदै लगेको वताइन। दुई तिहाईको सरकार छ भन्दै हालको सरकारका जनप्रतिनिधिहरु समेतले आफुखुसी गर्दै हिड्न थालेको उनले वताइन।

नेपाली काँग्रेस प्यूठानका जिल्ला सचिव देवेन्द्र वर्माले जनतालाई वितृष्णा हुनेगरि अहिलेको केपिओली सरकारले  ठुलाठुला सपना देखाएर महंगीमा डुवाउने काम गरेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ