arrow

बाबुराम पुत्री मानुषीले पाइन भ्यालेन्टाइन; बिवाह बन्धनमा बाँधिदै

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
manusi-jekendra.jpg.jpeg
काठमाडौं। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र हिसिला यमीका एकमात्र पुत्री मानुषी यमी भट्टराईले शनिबार बिहे गर्दैछिन्। माओवादी जनयुद्धको बर्षगाठकै अवसर पारेर मानुषीले एमाओवादी अखिलमा काम गर्दा ताकाका चिरपरिचित तनहुँ रिसिङका जेकेन्द्र श्रेष्ठसित बिहे गर्न लागेकी हुन्। १४ फेब्रुअरीको भ्यालेन्टाइ डेको अघिल्लो दिन मानुषीले आफ्ना चिरपरिचित 'भ्यालेन्टाइन' सँग विवाह बन्धनमा वाधिन लागेकी हुन। 
 
भट्टराई परिवार तनहुँका श्रेष्ठ परिवारको उपस्थितिमा मानुषीको बिहे सानेपास्थित भट्टराई निवासमा हुने छ। मानुषी त्रिभुवन विश्वविद्यालय स्ववियू सचिव हुँदा श्रेष्ठ पनि त्रिभुवन विश्वविद्यालयमै अध्ययन गर्दै थिए। पार्टीको काममा पनि उनी विश्वविद्यालयमा नै सक्रिय थिए। उनीहरुसँगै काम गर्दा एकअर्काप्रति आकर्षित भएको  मानुषीले स्वीकारिन। 
 
जवारलाल नेहरु विश्वविद्यालय दिल्लीमा विद्यावारिधी अध्ययन गर्दै रहेकी मानुषी हाल बिदामा नेपालमा छिन। भट्टराईको हुनेवाला ज्वाई नयाँ शक्तिमा नै क्रियाशिल छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ