arrow

अमेरिकामा ‘थ्रीडी प्रिन्टेड गन’ माथि प्रतिबन्ध 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
3D-gun.jpg

एजेन्सी। अमेरिकाको संघीय न्यायालयले अमेरिकाको थ्रीडी प्रिन्टेड फायरआर्मको निकाल्ने सफ्टवेयरमाथि प्रतिबन्धको निर्णय गरेको छ। गएको जुन महिनामा कम्पनीले अमेरिकाको प्रशासनसँग अनुमति लिएर यो सफ्टवेयर बजारमा ल्याएको थियो। यद्यपि यो विषय अदालतमा विचाराधीन थियो। 

यस किसिमको सफ्टवेयरबाट सुरक्षाको जोखिम हुने भन्दै सफ्टवेयरमा प्रतिबन्ध लगाइएको हो। यसबाट बन्दुकको ब्लुप्रिन्ट पनि गलत मानिसको हातमा पर्नसक्ने भन्दै अमेरिकी अदालतले यस्तो प्रतिबन्ध लगाएको हो। 

यस विषयमा आगामी सुनुवाईको लागि १० अगष्टको मिति तोकिएको छ। बुधबार यो योजना सार्वजनिक हुनुभन्दा पहिला नै एक हजारभन्दा बढी मानिसहरुले डाउनलोड गरिसकेका छन्। यस्तै बन्दुकको प्रयोग अमेरिकाका ठुला बन्दुक आक्रमणहरुमा प्रयोग हुँदै आइरहेको छ। अमेरिकी न्यायालयले यो निर्णयलाई रोक्ने निर्णय गरेसँगै अमेरिकाको यो महत्वपूर्ण जित भएको महान्यायाधिवक्ता बोब फर्गुसनले बताएका छन्। 

यो सफ्टवेयरको समर्थकहरुले भने यो सफ्टवेयरमा कुनै पनि खराबी नरहेको बताएका छन्। उनीहरुले यसमा कुनै पनि सुरक्षाको जोखिम नरहेको बताएका हुन्। यो योजनाको सुरुवात सन् २०१३ मा सुरु भएको थियो। यो प्रविधिबाट विश्वको पहिलो थ्रीडी प्रविधिबाट बनेको बन्दुक निर्माण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ