arrow

काठमाडौंलाई ढिडो खुवाउन जुम्लाबाट फापर निर्यात

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
Dhido.jpg.jpeg
जुम्ला। नेपाल खाद्य संस्थान जुम्ला शाखाले माघ महिनामा रु ३४ लाख ५५ हजारको बराबरको सिमी र फापर काठमाडौँमा निर्यात गरेको छ। एक सय ५० क्विन्टल सिमी र १४० क्विन्टल फापरलगायतको खाद्यन्न पहिलो चरणमा राजधानी पठाइएको शाखा कार्यालयका प्रमुख पूर्णप्रसाद दाहालले जानकारी दिए। 
 
खाद्य संस्थान केन्द्रीय कार्यालयले फागुनमा पनि सो शाखालाई २५ क्विन्टल सिमी र ४० क्विन्टल फापर खरिद गरी पठाउन निर्देशन दिएको छ। उनले किसानबाट ती खाद्यान्न खरिद गरिरहेको छ र आफ्ना उत्पादन विक्री गर्न किसानको ओइरो लागिरहेको वताए। तर कोटा निश्चित भएकाले सबै किसानले आफ्नो स्थानीय उत्पादन बिक्री गर्न पाएका छैनन्। 
 
काठमाडौंमा फापरको माग अत्यधिक छ। सुगर प्रेसर भएकाहरुलाई यस्को उपयोग लाभकारी छ। थकाली खाना खान रुचाउनेहरुले पनि फापरको ढीडो खान खोज्नेहुँदा यसको प्रयोग माग काठमाडौंमा अत्यधिक छ। तर खाद्य संस्थानले स्थानिय कृषकले उपलव्ध गराउँदा गराउँदै पनि किन्न सकिरहेको छैन। 
 
गज्र्याङ्कोट–७ की सुशीला अधिकारीले आफ्नो उत्पादन बिक्री गर्न नपाएको दुखेसो व्यक्त गर्दै भनिन् “हामी प्रयाप्त खाद्य उत्पादन गर्छौं संस्थानले सवै किन्दैन।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ