arrow

प्रदेश नं. ४ मा संस्थापन पक्ष धेरै बलियो

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
4-number-prad.jpg.jpeg
काठमाडौं । प्रदेश नंं ४ मा काँग्रेसको अहिले सम्मको स्थानीयस्तरको अधिवेशनको परिणम हेर्दा संस्थापन पक्ष धेरै बलियो देखिएको छ । जिल्ला सभापति, महाधिवेशन प्रतिनिधिहरु लगायतका अधिकाँश निर्वाचनमा संस्थापन पक्ष विजयी भएका छन् । 
 
गोरखामा हरिबहादुर घले, मुस्ताङमा याङ्जिङ विष्ट र कास्कीमा कृष्ण केसी संस्थापन पक्षका जिल्ला सभापति भएका छन् । मुस्ताङी ३१ बर्षिया विष्ट सवै भन्दा कान्छी जिल्ला सभापति पनि हुन् । 
 
त्यसैगरी केन्द्रीय सभापतिका उमेदवार रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा पनि उनकै खास मान्छे मानिने वैकुण्ठनाथ न्यौपाने जिल्ला सभापतिमा विजयी भएका छन् । 
 
चार नं. प्रदेशमा पर्ने मनाङमा टेकबहादुर गुरुङ, स्याङ्जाका कमलप्रसाद पङ्गेनी र नवलपरासीमा विष्णु लामिछाने मात्रै विष्णु लामिछाने मात्रै देउवा पक्षका हुन् । 
 
लमजुङ भने कुनैपनि उमेद्वारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः निर्वाचन हुन लागेको छ ।  
 
बाग्लुङ्ग, पर्वत र म्याग्दीमा भने जिल्ला अधिवेशन हुन सकेको छैन । ति जिल्लाहरुमा फागुनको पहिलो हप्तामा भित्रमा अधिवेशन गर्ने तयारी भईरहेको स्थानीय निर्वाचन अधिकारीहरुले जनाएका छन् ।  
 
अहिले सम्मको अवस्थामा बाग्लुङ्गमा दुवै पक्षका विचमा बलियो प्रतिश्पर्धा हुने देखिएको छ भने पर्वत र म्याग्दीमा संस्थापन पक्ष बलियो रहेको स्थानीय नेताहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ