arrow

गुणस्तरीय ब्रिटिश डिग्रीका लागि छुट्टै पहिचान बनाउदै नामी कलेज

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
nami-11.png

काठमाडौं । ‘वेष्ट राइजिङ्ग कलेज अफ नेपाल २०१७’ बाट सम्मानित नामी कलेजले नेपालमा भएका अन्य कलेजभन्दा उच्च स्तरको शिक्षा प्राप्त गर्न सकिने दाबी गरेको छ । 

नेपाली समाजमा गुणस्तरीय ब्रिटिश डिग्री प्रदान गर्नका लागि सन् २०१४ बाट स्थापना भएको नामी कलेजले बीबीए, ए लेभल र एमबीएको अध्यापन गराइरहेकामा यही सिजनबाट एमबीए पनि सञ्चालनमा ल्याएको छ। 

नामी कलेजका मार्केटिङ म्यानेजर देवेन्द्र तिमिल्सिनाले ४७ रोपनीमा फैलिएको  कलेजमा शान्त वातावरणका साथ अध्ययन गर्ने एकदमै राम्रो वातावरण रहेको भन्दै अत्याधुनिक सुविधा सम्पन्न ल्याब, ब्रिटिश कलेजको जस्तै सुबिधा सम्पन्न भवन तथा गुणस्तरीय शिक्षाका कारणले गर्दा छोटो समयमै आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताए । उनले नामी कलेजमा अभ्यासमा आधारित कोर्ष रहेकोसमेत जनाए ।Image may contain: 4 people, people smiling, people sitting, table and indoor 

अन्य कलेज छाडेर नामीमै किन ? के छन् विशेषता ? 
मार्केटिङ म्यानेजर तिमिल्सिनाका अनुसार विगत चार वर्षदेखि काठमाडौंको जोरपाटीमा  सञ्चालनमा रहेको नामी कलेजका आफ्नै विशेषता रहेका छन् । यस कलेजले बीबीए, एमबीए, बीएस्सी तथा ए लेभल कोर्ष चलाइरहेको छ । यसमा ए लेभल क्याम्ब्रिज युनिभर्सिटी तथा अन्य संकाय बेलायतको नर्थह्याम्टन युनिभर्सिटीबाट सम्बन्धन लिएर संचालित छ ।

 सन्  २०१४ मा बीएस्सी अन्तर्गत कम्प्युटिङ तथा  इन्भायरोमेन्ट साइन्सबाट नेपाली शिक्षा क्षेत्रमा पहिलो पाहिला चालेको नामी कलेजले आफ्नो मुख्य मानव विकासका लागि गुणस्तरीय शिक्षालाई ध्यानमा राखेर सीमित सिटहरुमा मात्रै भर्ना लिने गरेको छ । 

तिमिल्सिनाले भने, ‘ए लेभलमा प्रत्येक सिजन जम्मा ८० जना भर्ना गर्ने गर्दछौं बीबीएमा ५० जना भर्ना गर्छौं । सफ्टवेरिङ, नेटवर्किङ लगायतका विषयमा हामी ५०–५० जनाका दरले नै भर्ना गर्छौं । इन्भायरोमेन्टल साइन्समा हामी ३० देखि ४० जनाको बीचमा र एमबीएमा ३० जनालाई गरी प्रत्येक वर्ष ६ सय विद्यार्थीको हाराहारीमा विद्यार्थीहरु भर्ना गर्ने गरेका छौं ।’ हरेक संकायको बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा संचालनमा हुने गर्दछ । 

गुणस्तरीय शिक्षासँगै ब्रिटिश डिग्री प्रदान गर्ने नामी कलेजमा भर्नाका हुनका लागि पहिले ब्रिटिश युनिभर्सिटीको स्वीकृति आवश्यक पर्दछ । तिमिल्सिनाले भने ‘पहिले विद्यार्थीको सबै कागजात स्क्यान गरेर हामीले युनिभर्सिटीमा पठाउँछौं । युनिभर्सिटीले तपाईलाई एउटा अफर लेट बनाएर पठाउँछ । अफर लेटर आएपछि मात्रै विद्यार्थीले भर्ना हुन पाउँछन् ।’

आफ्नो पहिलो ब्याचको ग्य्राएजुसन हुन केही महिनामात्र बाँकी रहेको स्थितिमा उक्त ब्याचका सबै विद्यार्थीहरु जागिरमा आबद्ध  हुनु पनि कलेजको शिक्षाको गुणस्तरको झझल्को दिने कलेजको दाबी रहेको छ ।

मार्केटिङ म्यानेजर तिमिल्सिनाले उच्च प्रविधिबाट पढाउने दाबी गर्दै भने, ‘हामी आजको दिनमा सिस्को राउटरबाट पढाउँछौं । हामीसँग म्याप ल्याब छ । हामीसँग फरक फरक ६ वटा ल्याब रहेका छन् । हामीले ल्याबमा मात्रै करिब साढे ६ करोड लगानी गरेका छौं । हाम्रा भौतिक संरचनाहरु सबै राम्रा रहेका छन् । हामीले कलेज नै युनिभर्सिटीको गाइडलाइनमा बनाएका छौं । त्यही हिसावले जस्तो हाम्रो युनिभर्सिटी त्यस्तै कलेज पनि रहेको छ ।’

ब्याचलर डिग्रीका सम्बन्धमा तिमिल्सिनाले जानकारी दिँदै भने, ‘हामीसँग तीन वर्षको कोर्ष रहेको छ  । तीन वर्षको कोर्षलाई  इकोभ्यालेन्ट गर्दा चार वर्ष पुग्छ । टीयुले चार वर्षमा बीएस्सी, बीबीए, सिएसआइटी ३ सय ६० क्रेडिट पढाउँछ भने हामी पनि ३ सय ६० क्रेडिट ३ वर्षमा नै पढाउछांै । त्यसैले यहाँ पढेर तपाई जहाँँ पनि आबद्ध हुन पाउन हुन्छ । कुनै पनि देश जान सक्नु हुन्छ । इन्भाइरोमेन्टल साइन्स बाहेक, अन्यमा सबैले अप्लाइ गर्न सक्छन् । नामीमा तपाईले पढ्नु भयो भने तपाई आफ्नो अन्तिम वर्ष सकाउनको लागि युकेको युनिभर्सिटीमा पनि जान पाउनु हुन्छ । ट्रान्सफर गर्न पाउनु हुन्छ ।’

कस्तो छ नामी कलेजको संरचना ? 
मार्केटिङ म्यानेजर तिमिल्सिना यसबारे स्पष्ट पार्दै भन्छन् –‘पहिला त हामी युकेको कलेज हौं । युकेमा आधारित कलेज । त्यही भएर पनि पढ्न मैत्री वातावरण रहेको छ । पहिलो कुरा पढाउन त सबैले पढाउँछन् तर काठमाडौंमा चार तलाको घर बनाएर एउटा क्याम्पस सञ्चालन ग¥यो । चलायो । यस्तो पनि छ, यो तपाईलाई थाहा भएकै कुरो हो । हाम्रोमा त्यस्तो छैन । हाम्रो कम्तीमा ४७ रोपनीमा फैलिएको कलेज छ । शुल्क सस्तो छ । सबै फ्याकल्टीहरु रिनाउन्स फ्याक्लटीहरु रोखका छौं । प्रायः जसो हामीले पार्ट टाइम फ्याकल्टी राख्दैनौं । फुल टाइम फ्याकल्टी राख्छौं ।’ 

तिमिल्सिनाले अगाडि थपे –‘यहाँबाट ए लेबलमा पास भएकाहरुको कुरा गर्नुहुन्छ भने आइओएममा  स्कलरसिपमा नाम निकालेर पढिराखेका छन् । पछि विद्यार्थीले विदशको लागि सर्च गर्न खोज्यो भने हामीले त्यसमा सघाइ दिन्छौं । जस्तै आइइएलटीएसको लागि भन्नुहुन्छ भने हामीले आइइएलटीएसको प्रिपिरेसन क्लास दिन्छौं ।'Image may contain: 4 people, people smiling, people sitting and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ