arrow

ओलीको भारत भ्रमणबाट असमझदारी हटने ज्ञवालीको दावी

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
kp ili.jpg.jpeg
बाबियाचौर (म्याग्दी) । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी हप्ता हुन लागेको भारत भ्रमण दुई देशबीच उत्पन्न समस्यालाई सामान्यीकरण गर्न केन्द्रित हुने बतएका छन्। प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणपछि दुई देशबीच उत्पन्न भएको असमझदारी हटेर सम्बन्ध सुदृढीकरण हुने विश्वास गरे । 
 
ज्ञवालीले प्रधानमन्त्री ओलीले एक महिनाभित्रनै चीनको पनि भ्रमण गर्ने जानकारी दिए । मधेसी नेताको अनावश्यक हठका कारण पाँच महिनासम्म नेपाली जनताले दु ख पाएको उल्लेख गर्दै सचिव ज्ञवालीले केही दिनमा गठनहुने राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको विवाद टङ्गो लगाउने बताउनुभयो । नेपालमा जातीय राज्य तथा पहाड र मधेसलाई अलग गरिएको सङ्घीय व्यवस्था सफल नहुने ज्ञवालीले धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ