arrow

आईफोन एक्सको व्यापारमा बृद्धि, एप्पलको नाफामा उल्लेख्य सुधार

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
iphone-x.jpg

एजेन्सी। आईफोन एक्सको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको एप्पल कम्पनीले बताएको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष बचारमा आएको आईफोनको एक्स मोडलको फोन अझै पनि ग्राहकहरुको  उल्लेख्य आकर्षण रहेको देखिएको हो।

एप्पलले सार्वजनिक गरेको सन् २०१८ को दोस्रो त्रैमासिक अवधिको विवरणमा व्यापारिक आम्दानी अनुमान गरिएभन्दा धेरै देखिएको हो। उक्त तीन महिनाको अवधिमा कम्पनीले अनुमान अनुसारको आईफोनको व्यापार गर्न नसकेपछि महँगा आईफोनको कारण आर्थिक नतिजामा कम्पनी केही बलियो देखिएको हो। 

गएको जुन महिनामा सकिएको तीन महिनाको अवधिमा कम्पनीले चार करोड १३ लाख आईफोनहरुको बिक्री गरेको थियो। यो नतिजा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक प्रतिशतले वृद्धि हो। अंकको हिसाबमा केवल एक प्रतिशतको मात्र सुधार आएको भएता पनि उसको औसत मूल्यमा भने उल्लेख्य वृद्धि भएको देखिएको हो।

यो अवधिमा एप्पलको उत्पादनहरुको औसत मूल्य ७ सय २४ अमेरिकी डलरबराबर रहेको थियो। यसअघि आईफोनको औसत मूल्य ६ सय ९४ अमेरिकी डलरमा रहनसक्ने अनुमान गरिएको थियो। 

यस वर्षको लागि पनि अघिल्लो वर्ष विश्व बजारमा सार्वजनिक गरिएको आईफोन एक्स निकै लोकप्रिय रहेको कारण औसत आम्दानी बलियो रहन पुगेको हो। एप्पलले राजस्वमा पनि यो अवधिमा ३१ प्रतिशतको महत्वपूर्ण वृद्धि भएको बताइएको छ। सन् २०२० सम्म आफ्नो सेवाको व्यापारको राजस्व १४ अर्ब डलरमा पुर्याउने लक्ष्यमा एप्पल रहेको छ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले अहिले जे भइरहेको छ, त्यसमा आफूहरु खुसी हुनुपर्ने कारण भने नरहेको बताएका छन्। कम्पनीको समग्र राजस्वको नतिजा अहिलेसम्मकै सबैभन्दा उच्च ५३ अर्ब ३० करोड डलरमा पुगेको छ। जसमा जापान बाहेकका सबै क्षेत्रहरुमा कम्पनीको राजस्वमा दुई अंकको वृद्धि भएको देखिएको हो। 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफामा ३२ प्रतिशतको महत्वपूर्ण सुधार हासिल भएको देखिएको छ। यससँगै उसको समग्र नाफा ११ अर्ब ५० करोड अमेरिकी डलरमा पुगेको देखिएको छ। यो विवरण सार्वजनिक भएसँगै अमेरिकाको न्युयोर्कमा रहेको कम्पनीको सेयरमा तीन प्रतिशतभन्दा बढीको सुधार आएको छ। यसअघि नै विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बन्न सफल रहेको एप्पल १० खर्बको आफ्नो सम्पत्ति बनाउने योजनामा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ