arrow

गरिबी न्यूनीकरणका लागि सहकार्य जरुरी

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
garibi.jpg.jpeg
काठमाडौँ । सामाजिक, आर्थिक र क्षेत्रीय विकास एवम् गरिबी न्यूनीकरणका लागि सहकार्य गरी अध्ययन तथा अनुसन्धान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । त्रिवि, आर्थिक विकास तथा प्रशासन केन्द्र(सेडा) र दक्षिण कोरियाको चोमनाम राष्ट्रिय विश्व विद्यालय, क्षेत्रीय विकासका लागि क्षेत्रीय केन्द्र (सिआरडी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सामाजिक अर्थशास्त्र, क्षेत्रीय विकास र गरिबी न्यूनीकरण’ विषयको अन्तर्राष्ट्रिय गोष्ठीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले गरिबी न्यूनीकरणका लागि दक्षिण एसियाली क्षेत्रले निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गर्दै आपसी सहकार्यमा नयाँ रणनीति अवलम्बन गर्नुपर्ने बताए । 
 
तीनखम्बे अर्थतन्त्रको अवधारणमार्फत नेपालले समावेशी सामाजिक एवम् आर्थिक विकासको रणनीति बनाएको उल्लेख गर्दै उहाँले सहकारीको माध्यमबाट समावेशी विकासलाई तल्लोस्तरमा पुर्‍याउन सकिने धारणा राखे। त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले पर्याप्त बजेटको अभावमा विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालयले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको उल्लेख गर्र्दै त्यसका लागि सेडामा बजेट बढाउनुपर्ने बताए। 
 
सिआरडीका निर्देशक प्रा डा जुमोङ नाले यस क्षेत्रका अनुसन्धान केन्द्रले आपसी अन्तक्र्रिया र सहकार्य गरेर गरिबी न्यूनीकरण एवम् क्षेत्रीय विकासको रणनीति बनाउन सक्ने बताए । भारतको दक्षिण एसियाली विश्वविद्यालय, अर्थशास्त्र विभागका डिन प्रा डा सन्तोषचन्द्र पाण्डेले क्षेत्रीय विकास र सामाजिक अर्थशास्त्रका विषयमा आपसी सहकार्य जरुरी रहेको र त्यसका लागि प्रभावकारी रणनीति बनाउनुपर्ने धारणा राखे । 
 
त्रिविका रेक्टर अध्यक्ष प्रा डा सुधा त्रिपाठीले गरिबी न्यूनीकरणका लागि सामाजिकरुपमा रहेका जातीय, वर्गीय एवम् लिङ्गीय विषयमा सूक्ष्म अध्ययन गरेर रणनीति तयार गर्नुपर्ने बताए  । एकदिने गोष्ठीमा गरिबी न्यूनीकरणको रणनीतिका लागि आर्थिक वृद्धि र पुनःवितरण तथा गरिबका लागि सोच तथा भौतिक उद्यमशीलताका विषयमा बृहत छलफल गरिने छ । बहसमा नेपाल, भारत र दक्षिण कोरियाका अर्थशास्त्री एवम् प्रतिनिधिसहित ५० जनाको सहभागिता छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ