arrow

अमेरिकामा ओली सरकार बिरुद्ध समितिले बुझायो ज्ञापन-पत्र

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
saminti-janasamparka.jpeg

न्यूयोर्क। नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले  सरकारको अधिनायकवादी, जनबिरोधी र असंवैधानिक कृयकलापको बिरूद्धमा  न्यूयोर्क स्थित नेपाली महाबाणिज्यदुताबासको कार्यालयमा पुगेर बाणिज्य दुत पुष्प कुमार भट्टराई मार्फत ओली सरकारलाई सांकेतिक बिरोध स्वरूप ज्ञापन-पत्र बुझाइएको छ।

 नेपाली जनसम्पर्क समितिका सभापति एवं नेकाका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्बाङको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको धनाकर्षण गराउन उक्त बिरोध पत्र बुझाएको हो।

उक्त ज्ञापन पत्रमा सरकारद्वारा  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमा गरेको अन्यायपूर्ण राज्यआतंक, अनियन्त्रित बजार मूल्यबृद्धि तथा विभिन्न संवैधानिक निकायमा भएको सरकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिका माथि गरेको ठाडो आक्रमण लगायत संविधानको मर्म र भावनालाई मिचेर गरेका निर्णय, व्यवहार र सरकारी नितिको नेपाली जनसम्पर्क समिति अमेरिकाले घोर निन्दा र बिरोध गरेको छ ।

ज्ञापन पत्र बुझाउने टोलीमा संस्थाका केन्द्रीय  सचिव भोजराज थोकर, केन्द्रीय सदस्य सुवास लामा, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना, उपसभापति अमर तामांग, सदस्य उमेश थापा, शिव वानीयाँ, संस्थाका सल्लाहकार आंगदावा शेर्पा, महिलासंघका केन्दीय सदस्य राजन बिश्वाकर्मा लगाय समावेस थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ