arrow

घाँटीमा पेस्तोल राख्दै आक्रमणकारीले सांसदलाई भने -हल्ला गरिस भने यही ढालिदिन्छौं

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
niru-pal.JPG

काठमाडौँ ।   सांसद निरु पालले  संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे संसदमा जानकारी गराएकी छिन् ।  विहीबारको संसदमा बोल्दै पालले आफूमाथि भएको घटनाको जानकारी गराएकी हुन् । उनले गत साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा जाने क्रममा साँघुरो गल्लीमा आफूमाथि तर्साउने प्रयास भएको बताइन् ।

उनका अनुसार सो समयमा उक्त गल्लीमा एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो र उनलाई देखेपछि उसले उनि तर्फ मुख फर्काएर माथि पर्खालतिर हेरेको थियो । त्यहाँ २-३ जनामा मान्छे रहेको र बाहिर ३ र ४ वटा मोटरसाइकल रहेको उनले बताइन् ।

उनले भनिन्, “ मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।”

उनलाई उनीहरुले भोलिको बैठकमा गइस् भने प्रधानमन्त्रीले पनि तेरो लास भेट्न सक्दैन भनेर धम्की दिएका थिए । साथै उनको मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढालिदिने धम्की उनीहरुले दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ