arrow

यी हुन् विश्वका सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनीहरु

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
smartphone1.png

काठमाडौं । पछिल्लो समय स्मार्टफोनको बजारमा व्यापक मात्रामा विस्तार भइरहेको छ । यस्तोमा स्मार्टफोन निर्माताहरुको बीचमा पनि चर्को प्रतिस्पर्धा देखिन्छ । विश्वका स्मार्टफोन निर्माताहरुको वरीयता पनि उनीहरुको त्रैमासिक व्यापारको आधारमा गरिने गरिएको छ । त्यस्तै सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा विश्व बजारमा सबैभन्दा बढी स्मार्टफोनहरुको व्यापार गर्ने कम्पनीहरु यस्ता छन् –

१. सामसुङ 


स्मार्टफोन व्यापारको हिसाबमा सामसुङ विश्वको सबैभन्दा ठुलो कम्पनी हो । यो कम्पनीको हिस्सा विश्व स्मार्टफोनको बजारमा २०.९ प्रतिशतको रहेको छ । वार्षिक हिसाबमा उसले यो अवधिमा १०.४ प्रतिशतको गिरावटको सामना गरेको भए पनि विश्व बजारमा व्यापारको हिसाबमा सबैभन्दा अगाडि रहन सफल भएको हो । सामसुङको एस९ र एस९ प्लसको व्यापारमा देखिएको केही सुस्त गतिको सुधारको कारण कम्पनीको व्यापार खस्किएको हो । यद्यपि कम्पनी आफ्नो व्यापारिक विस्तारको लागि ग्यालेक्सी नोट ९ विश्व बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको छ । सामसुङले उक्त तीन महिनामा ३४ करोड २० लाख एकाइबराबरको स्मार्टफोनहरु बिक्री गरेको थियो । 

२. हुवावे

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले पछिल्लो समय व्यापारिक हिसाबमा महत्वपूर्ण सफलता हासिल गरेको छ । यो कम्पनी आईफोन निर्माता एप्पललाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा बढी स्मार्टफोनको व्यापार गर्ने कम्पनी बन्न पुगेको हो । वर्षको दोस्रो त्रैमासिक अवधिमा हुवावेले पाँच करोड ४२ लाख स्मार्टफोनहरु बिक्री गरेको थियो । वार्षिक हिसाबमा उसले ४०.९ प्रतिशतको आकर्षक वृद्धिदर हासिल गरेको हो । यससँगै उसको बजारको हिस्सा १५.८ प्रतिशतमा पुगेको हो । 

३. एप्पल 

अमेरिकी कम्पनी एप्पल भने यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोनको व्यापारको हिसाबले तेस्रो स्थानमा आइपुगेको छ । यो अवधिमा उसले चार करोड १२ लाख आईफोनहरुको व्यापार गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको व्यापारमा ०.७ प्रतिशतको सामान्य वृद्धिदरको नतिजा हासिल भएको हो । उसले विश्वको समग्र स्मार्टफोनको व्यापारमा १२.१ प्रतिशतको हिस्साओगटेको छ । 

४. साओमी

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले पनि यस वर्ष आफ्नो व्यापारमा महत्वपूर्ण सुधारको नतिजा हासिल गरेको छ । कम्पनीले पछिल्लो समय सार्वजनिक गरेको विवरणअनुसार भारतलगायतका मुलुकहरुमा कम्पनीको व्यापार सामसुङभन्दा पनि अगाडि रहेको छ । यस वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले तीन करोड १९ लाख स्मार्टफोनहरुको व्यापार गरेको थियो । यससँगै उसको समग्र स्मार्टफोनको बजारको हिस्सा ९.३ प्रतिशतमा पुगेको छ । 

५. ओप्पो

अर्को चिनियाँ कम्पनी ओप्पोको पनि विश्व बजारको हिस्सा महत्वपूर्ण रहेको पाइएको छ । यस वर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले आफ्नो व्यापारमा ५.१ प्रतिशतको वृद्धिको नतिजाहासिल गरेको छ । उसको मध्यपूर्व र अफ्रिकाको व्यापारमा देखिएको सुधारको नतिजाको कारण व्यापारिक हिसाबमा महत्वपूर्ण सुधार आएको हो । कम्पनीले उक्त तीन महिनाको अवधिमा दुई करोड ९४ लाख स्मार्टफोनहरुको व्यापार गरेको थियो । ओप्पोको फाइन्ड एक्सको व्यापारमा देखिएको महत्वपूर्ण सुधारको नतिजाको कारण पनि उसको व्यापारिक नतिजा केही बलियो रहन पुगेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ