arrow

प्रतिनिधिसभा मातहतका १० समिति गठन, को को परे ? (नामावली)

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
parlinment1.JPG

काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ ।  प्रतिनिधिसभाको विहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बाबजुद सभामुख महराले सभामा विभिन्न समितिमा रहने सांसदको नाम प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्यव्यवस्था समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ