arrow

अछाम काँग्रेसको अधिवेशन फागुन ४ मा

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
13th-congress.png.png.png
अछाम । पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शुशिल कोईरालाको निधनका कारणले स्थगित भएको नेपाली काँग्रेस अछामको जिल्ला अविधेशन फागुन ४ गते हुने भएको छ । जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिए पनि सभापति कोईरालाको निधनका कारणले स्थगित भएको निर्वाचन प्रक्रिया फागुन ४ गते हुने निर्णय भएको छ । शुक्रबार निर्वाचन टोलीका प्रतिनिधीसहित जिल्लास्थित काँग्रेसका प्रमुख नेताहरुको उपस्थितीमा बसेको बैठकले ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । 
 
मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीले दिएको जानकारी अनुसार फागुन ३ गते बिहान १० देखि ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने तथा फागुन ४ गते बिहान ९ देखि ५ बजे सम्म मतदानको समय पनि तोकिएको छ । काँग्रेसको जिल्ला सभापतिका लागि निवर्तमान सभापति पुष्पबहादुर शाह, पूर्व सभापति भरत कुमार स्वार, ध्वजबहादुर कुँवर र गणेशबहादुर बिष्ट गरी चारको उम्मेदवारी २५ गते नै दर्ता भइसकेको छ । यस्तै सचिव पदमा नमबहादुर शाही, नृपबहादुर खडका, नवराज चलाउने, बज्जिरसिंह खडका, विश्णुप्रसाद बजगाई, टेकबहादुर साउँद र बलबहादुर बिष्ट गरी सातको उम्मेदवारी दर्ता भएको छ । यस्तै कोषाध्यक्ष पदमा रबिन्द्र शाह, झंकर साउँद, रेशमराज तिमिल्सेना, पुष्पराज अधिकारी, अमृता बढा र तारा गुरुङ गरी छ को उम्मेदवारी दर्ता भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ