arrow

सांसद पाललाई मार्ने धम्की दिएपछि ९० जना पक्राउ

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
niru-pal.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्साएर मार्ने धम्की दिएको घटनामा प्रहरीले ९० जनालाई पक्राउ गरेको छ । 

‘अप्रेसन स्विप’ चलाएर प्रहरीले बिहिबार साँझसम्म शंकास्पदलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धान गर्न उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अप्रेशनमा सयभन्दा धेरै प्रहरीको टोली खटिएको छ । 

पक्राउ पर्नेमा गुण्डादेखि फरार अभियुक्तसम्म छन् । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई विशेष समितिमा निर्णय हुँदै गर्दा मार्ने धम्की आएको भन्दै सांसद पालले पीएसओ समेत मागेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ