arrow

घर्तीले चलाएको ट्रकले कार ठोकेपछि ७५ प्रतिशत गल्ती देखाइ दुई वर्षदेखि साउदीको जेलमा, छुट्न ६५ लाख चाहिने

जीवन रक्षा गर्न एकै दिन उठ्यो १५ लाख 

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
1_(2)1.jpg

काठमाडौँ । साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि रु १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ । 

ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा रु एक लाख सहयोग हस्तान्तरण गरे ।

ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित रु पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित रु सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुनबाट रु ५० हजार र मगर संघ कतारबाट संकलित रु २५ हजार रकम बिहिबार  ‘दिलबहादुर घर्ती बचाउका लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ । 

रोल्पा नगरपालिका–१० का दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् । उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन पुग्दा साउदी नागरिकको मृत्यु भएपछि त्यहाँको अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैयाँ)  क्षतिपूर्ति दिन फैसला गरेको छ । 

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई रु ६५ लाख तिर्नैपर्ने भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ