arrow

१७७ मुलुकहरुभन्दा धनी बन्यो एप्पल

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
apple.png

काठमाडौं । प्रविधि कम्पनी एप्पल १० खर्ब डलरबराबरको बजारमूल्य भएको पहिलो अमेरिकी कम्पनी बन्न सफल भएको छ । विहीबारको बजारमा एप्पलले महत्वपूर्ण सफलता हासिल गरेको हो । 

एप्पल कम्पनीको समग्र मूल्य भारतको समग्र जीडीपीको ३८ प्रतिशतको रहेको छ । यसले पनि यो कम्पनीको आकारको अनुमान लगाउन सकिन्छ । अहिले भारत विश्वको छैठौं सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक हो । यो मुलुकको जीडीपी २६ खर्ब डलर रहेको छ । 

आईफोन निर्माता कम्पनीको समग्र मूल्य विश्वका एक सय ७७ मुलुकहरुको जीडीपीभन्दा बढी भइसकेको छ । विश्वका १९३ मुलुकहरुमा केवल १६ देशमात्र छन् जसको जीडीपी एप्पलको मूल्यभन्दा बढी छ । अहिले एप्पलको समग्र मूल्य इन्डोनेसियाको जीडीपीको हाराहारीमा रहेको छ । 

एप्पलको सेयरमा देखिएको २.८ प्रतिशतको वृद्धिको कारण कम्पनीले महत्वपूर्ण सफलता हासिल गरेको हो । गएको मंगलबारदेखि अहिलेसम्मको अवधिमा उसको मूल्यमा ९ प्रतिशतसम्मको वृद्धि भइसकेको छ । गएको मंगलबार एप्पलले आफ्नो नतिजा सार्वजनिक गरेको थियो । 

बुधबार एप्पलको सेयरमा ६ प्रतिशतको व्यापक वृद्धिदर हासिल भएको थियो । साथै विहीबार पनि सुरुवातमा केही गिरावट आए पनि पछिल्लो समयमा भने उल्लेख्य सुधार आएको थियो । 

यसअघि चीनको संघाईमा रहेको पेट्रोचाइनाको बजार मूल्य यो स्तरसम्म पुगेको थियो । यस्तोमा १० खर्ब डलरबरबरको मूल्य हासिल गर्नेमा एप्पल अमेरिकाको पहिलो र विश्वको दोस्रो कम्पनी बनेको हो । १९८० मा सूचीकृत भएसँगै अहिलेसम्म एप्पलले आफ्नो बजार मूल्यमा ५०० गुणाको वृद्धि गरिसकेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ