arrow

अमेरिकाको नीतिले पनि रोक्न सकेन हुवावेलाई, सामसुङलाई चुनौती

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
Huawei-HQ.jpg

एजेन्सी। सन् २०१८ को दोस्रो त्रैमासिक विवरणले हुवावे स्मार्टफोनको व्यापारको हिसाबमा अमेरिकी प्रविधि कम्पनी एप्पलभन्दा पनि अगाडि रहेको देखाएको छ। पछिल्लो समय देखिएको व्यापक व्यपाारिक विस्तारको कारण कम्पनी आर्थिक हिसाबमा केही बलियो रहेको देखिएको हो। 

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी कम्पनीहरुप्रतिको अनुदार नीतिको कारण आफ्नो महत्वपूर्ण स्मार्टफोनको व्यापार अमेरिकाको बजारमा नगर्ने निर्णयमा हुवावे पुगेको थियो। अमेरिकाको यो नीतिको बाबजुद यस पछिल्लो तीन महिनाको अवधिमा हुवावे व्यापारिक हिसाबमा निकै बलियो अवस्थामा पुगेको हो। त्यसका साथै पछिल्लो समय चीन र अमेरिकाको बीचमा देखिएको व्यापारिक तनावहरुको बीचमा पनि हुवावे कम्पनीले आफूलाई स्मार्टफोनको व्यापारमा अब्बल प्रमाणित गरेको हो। 

हुवावे कम्पनीले सन् २००३ मा पहिलोपटक आफ्नो ह्याण्डसेटको लागि छुट्टै विभाग खोलेको थियो। सन् २००४ मा फ्रान्समा आफ्नो व्यापार विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पकड जमाएको यो टोलीले सन् २००५ मा पहिलोपटक ३जी फोन ल्याएको थियो। सन् २००७ मा हुवावेको पहिलो वाइफाइको सुविधा भएको मोबाइल बजारमा आएको थियो। 

सन् २०१२ को अन्तिम तीन महिनाको अवधिमा हुवावे विश्वको सबैभन्दा ठुलो स्मार्टफोन निर्माता कम्पनी बन्न सफल भएको थियो। हुवावे कम्पनीले त्यसपछि आफ्नो व्यापार विस्तारको लागि पातला स्मार्टफोनहरुमा बढी जोड दिएको थियो। त्यसका साथै उसले सन् २०१३ सम्मको अवधिमा आफ्नो व्यापार अमेरिकासम्म विस्तार गरेको थियो। 

सन् २०१५ सम्मको अवधिमा भने हुवावेले आफ्नो व्यापारमा महत्वपूर्ण सुधार गरेको थियो। सो अवधिमा उसका पी र मेट सेरिजका उतपादनहरु सार्वजनिक गरेको थियो। सन् २०१६ मा भने कम्पनीको व्यापार एसिया, युरोप अमेरिकालगायतका स्थानहरुमा फैलिएको थियो। सन् २०१७ मा भने हुवावेले आफ्नो एआईको फिचर्स सहितका स्मार्टफोहरु बजारमा सार्वजनिक गरेको थियो। चिनियाँ स्मार्टफोनहरुको बीचमा बढ्दो प्रतिस्पर्धाको बीचमा यो कम्पनी अहिले चीनको सबैभन्दा ठुलो स्मार्टफोन निर्माता कम्पनी बन्न् सफल भएको छ। साथै विश्व बजारमा पनि उसको व्यापारमा उल्लेख्य वृद्धि भइरहेको छ। 

हुवावेले सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै स्मार्टफोनहरुको व्यापार गरेको हो। यो अवधिमा उसले पाँच करोड ४२ लाख स्मार्टफोनहरुको व्यापार गरेको हो। यसअघि कम्पनीको सबैभन्दा ठुलो व्यापारिक नतिजाको रुपमा सन् २०१६ को चौथौ त्रैमासिक अवधिमा व्यापार गरेको ४ करोड ५४ लाख स्मार्टफोनको व्यापार गरेको थियो। यसले पनि पछिल्लो समय हुवावे विश्व बजारमा आक्रामक रुपमाा देखिएको हो। तीन महिनामा पहिलोपटक पाँच करोडभन्दा बढी स्मार्टफोनहरुको व्यापार गरेसँगै यो कम्पनी व्यापारिक हिसाबमा एप्पलभन्दा पनि अगाडि रहेको हो। यद्यपि दक्षिण कोरियन सामसुङ कम्पनीको तुलनामा भने यो कम्पनी निकै पछि छ। 

यद्यपि व्यापारिक हिसाबमा सामसुङलाई पछि पार्ने दाउमा हुवावे रहेको छ। हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक बजार विस्तारको नतिजा हासिल गर्दा सामसुङको व्यापारमा भने एक दशमलव ३ प्रतिशतको गिरावट आएको देखिएको छ। उसले सो अवधिमा ७ करोड १५ लाख स्मार्टफोनहरुको व्यापार गरेको हो। यो नतिजालाई हेर्ने हो भने अहिलेको अवस्थामा अघि बढेको खण्डमा अबको केही समयमा नै हुवावेले सामसुङलाई पछि पार्नसक्ने देखिन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ