arrow

हुम्ला काँग्रेसमा देउवा पक्षको एकलौटी; सभापतिमा रोकाया

संस्थापनबाट एकजना पनि आएनन महाधिवेशन प्रतिनिधी

logo
नृप हमाल।
प्रकाशित २०७२ फागुन १ शनिबार
13th-congress.png.png.png
हुम्ला। नेपाली काँग्रेस हुम्लाको तेह्रौं जिल्ला अधिवेसनबाट शेरबहादुर देउवा पक्षको प्यानल बिजयी भएको छ। अधिवेशनले जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षलाई सुन्य पारेको छ। 
 
अधिवेशनबाट जिल्ला सभापतिमा जयपति रोकाया बिजयी भएका छन्। संस्थापनका मंगल बहादुर शाहीलाई ६८ मतले पछि पार्दै रोकाया बिजयी भएका हुन्। त्यसैगरि सचिवमा मोहन बिक्रम सिंह, कोषाध्यक्षमा दिप बहादुर सिंह बिजयी भएका छन्। जिल्ला कार्य समितिका सबै सदस्यहरुमा देउवा पक्षधर बिजयी भएका छन्। २ सय ६६ जना अधिवेशन प्रतिनिधिहरु रहेको नेपाली काँग्रेस हुम्लाको जिल्ला अधिवेशन स्पष्ट रुपमा दुई प्यानलमा विभाजित भएर सबै पदका लागी मतदान भएको थियो। जिल्लाका २७ गाविस मध्ये लिमी गाविस बाहेक २६ गाविसका प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी भएका थिए।
 
महाधिवेशन प्रतिनिधिमा खुलातर्फ अर्जुन महतारा, कर्ण रावल, धनलाल रोकाया, बखत बहादुर शाही, पदम बहादुर लामा र मोहन बिक्रम सिंह बिजयी भएका छन्। महिलामा रंगमति शाही र सुसिला रोकाया, जनजातीमा तक्दीर लामा, दलितमा राम बहादुर टमटा र अपांगमा जनक बहादुर शाही बिजयी भएका छन्। महाधिवेशन प्रतिनिधिमा समेत देउवा पक्षको प्यानलले एकलौटी बिजय हासिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ