arrow

अनेरास्ववियुको निर्वाचन पर्सिमात्र हुने

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
nabina-deepak.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ । युनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार आज मतदातालाई कार्ड वितरणको कार्य भइरहेको छ भने निर्वाचन समितिले मतदानका लागि आवश्यक काम सुरु गरिसकेको छ । 
 
उनले भने– “देशभरिबाट एक हजार ५०० मतदाता रहेका छन् । यति ठूलो सङ्ख्याका मतदाताको सबै प्रक्रिया पूरा गरी मतदान पर्सि १०-११ बजेबाट मात्र सुरु हुनेछ ।” युनियनको जारी २२औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामा भिड्दैछन् । 
 
आज नै नेकपा (एमाले) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि सात सदस्यीय समिति गठन गरेको छ । नेकपा (एमाले)ले पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षतामा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहेको समिति गठन गरी निर्वाचन प्रक्रियामा सहयोग गर्न दिर्नेशन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ