arrow

दोलखामा गुँला पर्व महोत्सव भदौ ८ देखि

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
Dolakha-hamrakura.jpg.jpeg

काठमाडौं। नेवार समुदायको सांस्कृतिक नगरी दोलखामा गुँला पर्व महोत्सव आयोजना हुने भएको छ । 

महोत्सव मूल समारोह समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी दोलखा बजारलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न यही भदौ ८ गतेदेखि दोलखा बजारमा गुँला पर्व महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । 

दोलखा बजारलाई नेपालको सबैभन्दा पुरानो नेवार समुदायको संस्कृतिको उद्गमस्थलका रुपमा लिने गरिन्छ। त्यसको प्रवद्र्धन गरी दोलखा बजारलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गुँला पर्व महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल समारोह काठमाडौँ सम्पर्क समितिका संयोजक प्रवीण प्रधानले जानकारी दिए । 

उनले महोत्सवले भूकम्पले ध्वस्त बनाएको दोलखा बजारको पुनः निर्माणमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

दोलखाका प्रतिनिधिसभाका सांसद दिव्यमणि राजभण्डारीले महोत्सवका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सांस्कृतिक महोत्सवले दोलखा बजारको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

राजधानीबाट नजिकैको दूरीमा रहेको दोलखा बजारलाई नेवारी सभ्यताकै पुरानो बजारका रुपमा लिने गरिन्छ । लिच्छवीकालीन र मल्लकालीन प्राचीन नेपालबारे बुझ्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरिएको छ । गुँला पर्व नेवारी समुदायको सांस्कृतिक चाड हो । यो हरेक वर्ष साउनदेखि भदौ महिनाभित्र मनाउने प्रचलन रहिआएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ