arrow

पर्वत काँग्रेसमा त्रिपक्षीय भिडन्त, कसलाई फाईदा होला ?

logo
विशन क्षेत्री।
प्रकाशित २०७२ फागुन १ शनिबार
13th-congress.png.png.png
पर्वत। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको जिल्ला अधिवेशन माघ तीन गते हुने भएको छ । कांग्रेसका केन्द्रिय सभापति शुसिल कोईरालाको निधनले पछि सरेको अधिवेशन तीन गते हुने निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताए । शुक्रबार एक सूचना जारी गरि उनले अधिवेशनको मिति निश्चित गरेका हुन् ।
 
अधिवेशनको मिति निश्चित भएपछि आ–आफ्नो घरतर्फ गएका जिल्ला प्रतिनिधी तथा कार्यकर्ता फेरि सदरमुकाम कुश्मामा आउन थालेका छन् । 
पर्वतको जिल्ला अधिवेशनमा यसपटक सभापतिमा तीनजनाको दौड हुने भएको छ । देशैभर कांग्रेसमा दुई गुट प्रत्यक्षरुपमा देखिएतापनि पर्वतमा तेस्रोधारबाट पनि सभापतिमा उम्मेदवारी दिँदा तीनजना बिच प्रतिष्पर्धा हुने भएको हो । 
 
सभापतिमा संस्थापन पक्षबाट पार्टी सचिव खिमप्रसाद भुषाल प्रतिष्पर्धामा उत्रिँदा देउवा पक्षबाट भने खगेन्द्रप्रसाद तिवारी मैदान उत्रिएका छन् । वसन्त बहादुर सिके पनि स्वतन्त्र प्यानलबाट चुनावमा होमिएका छन् । खिमप्रसाद भुषाल र खगेन्द्रप्रसाद तिवारी क्षेत्र नं. दुईका हुन भने सिके क्षेत्र नं. एकका प्रतिष्पर्धी हुन् ।
 
कांग्रेस क्षेत्र नं. दुईको क्षेत्रीय अधिवेशनबाट भुषाल र तिवारी महाधिवेशन प्रतिनिधीमा चयन भएर आएका हुन् । खुल्लातर्फबाट महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिएका भुषालले सबैभन्दा कम एक सय ५३ मत ल्याएका थिए भने तिवारीले भुषालले भन्दा १५ मत बढि ल्याएर महाधिवेशन प्रतिनिधी भएका थिए । क्षेत्र नं. एक बाट संस्थापनको कोटामा नपरेपछि स्वतन्त्रबाट लडेका सिकेले भने एक सय ६० मत ल्याएर चौथो स्थानमा दरिएका थिए । तीनैजनाले अधिवेशनबाट सभापतिमा आफूले नै जित्ने दाबी गरिरहेका छन् । 
 
गणितीय हिसाबमा क्षेत्र नं. दुईमा मतदाता बढि देखिएतापनि दुई गुटीय प्रतिष्पर्धी एउटै क्षेत्रका हुँदा तेस्रोधारकाा सिकेलाई फाईदा पुग्ने विश्लेषण गरिएको छ । सिकेलाई केही हदसम्म संस्थापन निकट मान्नेहरु पनि धेरै छन् । सिकेले संस्थापनको मत काट्दा त्यसको प्रत्यक्ष फाईदा देउवा पक्षका तिवारीलाई हुने देखिएको छ ।
क्षेत्र नं. एकको क्षेत्रीय अधिवेशनमा संस्थापनले एकलौटी मच्चाउँदा क्षेत्र नं. दुईका केही मतको आधारमा भुषालले जित्न सक्ने पनि आँकलन विश्लेषकहरुले गरेका छन्। भुषालले पत्रकार सम्मेलन नै गरेर आफूले जित्ने ठोकुवा समेत गरिसकेका छन् ।
 
क्षेत्र नं. दुईका मतदाताले सभापति लैजानैका लागि भएतापनि भुषाल र तिवारी मध्येमा एक जनालाई बहुमत दिने बुझिएको छ । भुषालले क्षेत्र नं. दुईको मत पाएमा क्षेत्र नं. एकको मत थप्दा अत्याधिक बहुमत ल्याउन सक्ने देखिन्छ। तर, मतदाताले तिवारीलाई सम्पूर्ण मत दिएतापनि क्षेत्र नं. एकमा संस्थापन बाहुल्य भएको र देउवा पक्षका केही मत सिकेले काट्दा ५० प्रतिशत कटाउन हम्मेहम्मे पर्ने देखिन्छ । उसो, त क्षेत्रीय अधिवेशन पछि क्षेत्र नं. एकमा पनि मतदाताको मनशाय परिवर्तन भएको बुझिएको छ । दशकौँदेखि एउटै पक्षीय सभापति व्योहोरेका पर्वतका मतदाताले यसपटक फरक सभापतिलाई खोजेको बुझ्न सकिन्छ। 
 
तेस्रो धारका सिकेले पनि एकहदसम्म जित्न सकिने देखिएको छ । क्षेत्रीय अधिवेशनमा अलग धारबाट लड्दा पनि बढि मत ल्याउने महाधिवेशन प्रतिनिधीको तेश्रो स्थानमा दरिएका सिकेलाई मतदाताले गुटभन्दा बाहिर गएर जिताउन सक्ने पनि सम्भावना रहेको छ । कांग्रेसमा गुटबन्दी अन्त्य गर्नुपर्छ भन्ने आवाज पछिल्लो समयमा चर्किँदै गईरहेको अवस्थामा सिकेले त्यसको फाईदा उठाउन सक्ने देखिएको छ । क्षेत्र नं. एकका दुई सय ८४ र क्षेत्र नं. दुईका तीन सय नौ मत गरी कुल पाँच ९७ मतदाताले जिल्ला अधिवेशनमा मतदान गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ