arrow

नुवाकोट काँग्रेस अधिवेशनः महत र केसीको लडाइमा बाजी मारे केसीले

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
jagadish-narsingh-kc.jpg.jpeg
नुवाकोट। नेपाली काँग्रेस नुवाकोटको जिल्ला अधिवेशनबाट निवर्तमान सभापति तथा सासंद जगदिशनरसिंह केसी निर्वाचित भएका छन। केसीले आफ्ना प्रतिष्पर्धी तथा निवर्तमान सचिव रमेश महतलाई हराएका हुन्। केसीले ३३२ मत ल्याएका थिए भने महतले ३१८ मत ल्याएर कडा प्रतिष्पर्धा दिएका थिए। 
 
अधिवेशनबाट केसीको प्यानल नै निर्वाचित भएको छ। केसीको प्यानलबाट सचिवमा सुरेन्द्र अधिकारीले ३४३ मत ल्याउँदै प्रतिष्पर्धी श्रीराम श्रेष्ठलाई हराएका हुन्। श्रेष्ठले २७४ मत ल्याएका थिए। कोषाध्यक्षमा केसी प्यानलकै महेन्द्र थिङ ३२७ निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धी मणिराम केसीले २६२ मत ल्याएको क्षेत्र नम्वर २का क्षेत्रीय सदस्य सरोज केसीले जानकारी दिए।  
 
नुवाकोटमा केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी पक्ष र रामशरण महत तथा प्रकाशशरण महतको पक्षबीच लामोसमयदेखि कटुतापूर्ण राजनीतिक प्रतिष्पर्धा रहँदै आएको छ। केन्द्रीय राजनीतिको महत्वपूर्ण पदका दावेदार दुबै नेताको स्थानिय राजनीतिको प्रतिष्पर्धालाई केन्द्रीय राजनीतिमा बडो चासोका साथ हेरने गर्दछ। 
 
क्षेत्रीय अधिवेशनमा आफू निकटका ६० प्रतिशत मतदाताहरु आउँदा आँदै पनि तिनको व्यवस्थापन गर्न नसकी महाधिवेशन प्रतिनिधीमा कमजोरी गरेको केसी पक्षले ति कमजोरीबाट पाठ सिक्दै जिल्ला अधिवेशनमा भने आफ्नो वर्चस्व कायम गरेको छ। यसले काँग्रेस नेता केसीले क्षेत्रमा गुमाएको राजनीतिक साखलाई बचाउने मात्र हैन अगाडी बढ्न थप सहज बनाएको विश्लेषण नुवाकोटका काग्रेस कार्यकर्ताहरुले गरेका छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ