arrow

नेपाल साग फुटबलको फाईनलमा, नवयुगको फेरि अर्को हयाट्रिक

फाईनलमा भारतसँग भिड्ने

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
nabayug-n.jpg.jpeg

काठमाडौं। वंगवन्धु फुटवलमा माल्दिभ्स बिरुद्ध हृयाट्रिक गरेर एकाएक चम्किएका नवयुग श्रेष्ठको हृयाट्रिकको मद्धतमा नेपालले माल्दिभ्समाथि जीत हात पार्दै १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ। शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४-३ गोलको रोमाञ्चक जीत हात पार्दै फाइनलमा सीट सुरक्षीत गरेको हो। 

रोमाञ्चक भएपनि तनावपूर्ण भएको खेलको पहिलो हाफमा नेपालले दुई गोलको अग्रता लिए पनि दोस्रो हाफको ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो। तर त्यसपछि सम्हालिएर नेपालको खेललाई नवयुगले गन्तव्यमा पुर्‍याए। 
 
खेलको १५औं मिनेटमा नेपालकालागि अन्जन बिष्टले पहिलो गोल गर्दै १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ३६औं मिनेटमा नवयुग श्रेष्ठले आफ्नो पहिलो गोल गर्दै अग्रता २-० पुर्‍याएका थिए भने ५२औ मिनेटमा मालदिभ्सका मोहम्मद हाम्जाले गोल गर्दै खेलको स्थिती २-१ बनाएका थिए। ८५औ मिनेटमा नाशिदले अर्को गोल गर्दै खेल २-२को बराबरीमा लेराएका थिए। ६५औ मिनेटमा नेपालका कमल श्रेष्ठले दोस्रो पहेंले कार्ड खाँदै मैदानबाट बाहिरएका थिए र नेपाल १० खेलाडीमा सिमित हुन पुगेको थियो। 
 
९० मिनेटको खेल २-२को बराबरीमा सकिए पछि खेल थप समयमा गएको थियो। ११५औ मिनेटमा हसन नाईजले गोल गर्दै माल्दिभ्सको अग्रता ३-२ बनाएका थिए। १२० औ मिनेटमा नवयुगले गोल गर्दै खेल ३-३को बराबरीमा लेराएका थिए र थप समयको दोस्रो मिनेटमा फेरि अर्को गोल गर्दै नवयुगले आफ्नो ह्याट्रिक पुरा गर्दै नेपाललाई ४-३को जित दिलाएका थिए। अतिरिक्त समयको अन्तिमतिर नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै हृयाट्रिक मात्र पुरा गरे। 

उनको मैदह्याट्रीकले नेपाललाई १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुर्‍याएको छ। १९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण जितेको नेपालले १९९९ मा फाइनल खेलेको थियो।

त्यसबेला पनि माल्दिभ्सलाई हराएर नेपाल फाइनलमा पुगेको इतिहास शनिबार दोहोर्‍याएको छ। माल्दिभसलाई हराएर घरेलु मैदानमा भएको फाइलनमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। फर्ममा रहेका नेपाली खेलाडीहरुले यो पटक फाइनल जीतेर नेपालले नयाँ इतिहास बनाउन सक्ने देखिएको छ।  १७ बर्ष पछि नेपाल साग फुटबलको फाईनलमा स्थान बनाउन सफल भएको हो। नेपालले फाईनलमा भारतको सामना गर्नेछ। 

नेपाल र माल्दिभ्स बिच ४ गोलको संयोग 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ